Saturday, September 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित


जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरधाम। जनकपुरधामस्थित गुठी संस्थानले राजगुठी अन्तर्गत रहेका ऐतिहासिक पोखरीको अतिक्रमण हटाउने उद्देश्यले सुरु गरेको अभियान तत्कालका लागि रोकिएको छ।

सात वटा पोखरीको अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न जारी गरिएको सूचनापछि जनकपुरधाममा व्यापक चर्चा र अन्योल सिर्जना भएको थियो।

तर त्यसलगत्तै गुठी संस्थानमा प्रशासक परिवर्तन हुनुका साथै थप पोखरीलाई पनि अभियानमा समेट्ने तयारी सुरु भएपछि हालका लागि अभियान अघि नबढाइएको हो।

सूचनाकाे अल्टिमेटम सकिएपनि अभियान संचालन भएन कहिलेदेखि हुने हाे बारे गुठी संस्थान जनकपुरका प्रमुख किशोरकुमार झाले अभियान व्यवस्थापकीय कारणले केही समयका लागि रोकिएको बताए। उनका अनुसार पहिलो चरणमा सीमित संख्याका पोखरीलाई आधार बनाएर सूचना प्रकाशित गरिएको थियो।

तर अभियान कार्यान्वयन हुनुअघि नै प्रशासक परिवर्तन भएपछि सम्पूर्ण अवस्थाको पुनः अध्ययन गरेर मात्रै नयाँ सूचना जारी गर्ने तयारी गरिएको छ।

झाका अनुसार अभियान सञ्चालनका लागि समिति गठन हुँदा ध्रुव घिमिरे प्रशासक थिए। अहिले शैलेशराज कुँवर नयाँ प्रशासकका रूपमा जिम्मेवारीमा आइसकेपछि सबै पोखरीको वस्तुस्थिति अध्ययन गरी थप पोखरीसमेत समावेश गरेर नयाँ सूचना प्रकाशित गरिने योजना छ।

उनले सुरुमै सात वटा पोखरीलाई मात्र समेटेर अभियान सञ्चालन गर्न खोज्दा विभिन्न क्षेत्रबाट आलोचना भएको पनि स्वीकार गरे।

त्यसपछि पहिलो चरणमै कम्तीमा कुल पोखरीमध्ये करिब ५० प्रतिशत पोखरीलाई समेटेर दुई चरणमा अभियान सञ्चालन गर्ने अवधारणा बनेको र त्यसकै तयारीका लागि हाल प्रक्रिया रोकिएको उनको भनाइ छ। नयाँ सूचना प्रकाशित भएपछि अतिक्रमण हटाउने अभियान फेरि सुरु गरिने उनले जानकारी दिए।

गुठी संस्थानले एक साताअघि विषहारा पोखरी, दशरथ तलाउ, अरगजा सर, रत्न सागर पोखरी, मुरली सर, दिर्घिका सर र गोडधोई पोखरीको अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। सूचनामा अटेर गरे कानुनबमोजिम कारबाही गरिने उल्लेख थियो।

तर स्थलगत अध्ययनले भने सूचनामा समेटिएका अधिकांश पोखरीको वर्तमान अवस्था सूचनामा उल्लेख गरिएजस्तो नरहेको देखिएको छ।

अहिलेको अवस्थाअनुसार दशरथ तलाउ, अरगजा सर र रत्न सागर पोखरी मुख्यतः अतिक्रमणमुक्त देखिन्छन्। विषहारा पोखरीको पूर्वी भागमा मात्रै अतिक्रमण रहेको छ भने गोडधोई पोखरीको उत्तर र पूर्वतर्फ केही भाग मात्र अतिक्रमित छ। तर मुरली सर र दिर्घिका सर भने लगभग पूर्ण रूपमा अतिक्रमणको चपेटामा परिसकेका छन्।

यही अवस्थाले गुठी संस्थानले अद्यावधिक अध्ययन नगरी भोजराज घिमिरेले २०६२ सालमा तयार पारेको प्रतिवेदनकै आधारमा सूचना जारी गरेको हुन सक्ने आशंका बलियो बनेको छ। स्थानीय सरोकारवालाहरूले दुई दशक पुरानो तथ्यांकका आधारमा वर्तमान अवस्थाको मूल्यांकन गर्नु प्रभावकारी संरक्षण अभियानभन्दा औपचारिक प्रक्रिया पूरा गर्ने प्रयासजस्तो देखिएको टिप्पणी गर्न थालेका छन्।

स्थानीय तहमा उठिरहेको अर्को प्रश्न भने पूर्ण रूपमा अतिक्रमणमा परेका वा अस्तित्व नै गुमाइसकेका ऐतिहासिक पोखरीतर्फ गुठी संस्थानको ध्यान किन नपुगेको भन्ने हो। जनकपुरधाम उपमहानगरपालिका आसपासका रामसरसहित धेरै पोखरी अहिले पूर्ण रूपमा अतिक्रमणमा परिसकेका छन्।

जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्वनी पोखरी र बलदेव सरजस्ता पाँच ऐतिहासिक पोखरी त पुरिएर नै लोप भइसकेका छन्। ती स्थानमा अहिले बस्ती, होटल, निजी अस्पताल, कलेज तथा व्यापारिक भवन निर्माण भइसकेका छन्। यस्ता संवेदनशील विषयमा गुठी संस्थानले अहिलेसम्म प्रभावकारी कानुनी वा प्रशासनिक पहल गर्न नसकेको भन्दै स्थानीयवासीले प्रश्न उठाइरहेका छन्।

प्रतिवेदन र वर्तमान अवस्थाबीच फरक

गुठी संस्थानले आधार मानेको प्रतिवेदनअनुसार दिर्घिका सरको साविक क्षेत्रफल ३ विघा ४ कट्ठा १८ धुर ३ कन थियो। प्रतिवेदन तयार हुँदासम्म यो ३ विघा १ कट्ठा १ धुरमा सीमित भइसकेको उल्लेख छ। हाल भने त्यसभन्दा पनि बढी अतिक्रमण भइसकेको देखिन्छ। दक्षिणतर्फ मोनास्टिक स्कूल र अन्य व्यक्तिले तथा उत्तरतर्फ जनकपुरधाम उपमहानगरपालिकाले अतिक्रमण गरेको स्थानीयको दाबी छ।

मुरली सरको साविक क्षेत्रफल १३ कट्ठा १ धुर २ कन रहेकोमा प्रतिवेदन तयार हुँदासम्म ११ कट्ठा १५ धुरमा सीमित भएको उल्लेख गरिएको थियो। अहिले यसको क्षेत्रफल अझै घटिसकेको बताइन्छ।
विषहारा पोखरी ४ विघा २ कट्ठा ६ धुर ३ कन क्षेत्रफलमा फैलिएको प्रतिवेदनमा उल्लेख छ। हाल यसको पूर्वी भाग मात्रै अतिक्रमणको चपेटामा रहेको देखिन्छ।

गोडधोई पोखरीका हकमा भने सूचनाले अन्योल सिर्जना गरेको स्थानीयको भनाइ छ। पिराडी चोक र पेठियाको दक्षिणतर्फ एउटै नामका दुई पोखरी रहेकाले सूचनामा कुन पोखरीलाई लक्षित गरिएको हो भन्ने स्पष्ट छैन।

पेठिया बजार नजिकको गोडधोई पोखरी भने लगभग पूर्ण रूपमा अतिक्रमणमा परिसकेको छ भने पिराडी चोकस्थित गोडधोई पोखरीको पूर्वी र उत्तरी भागमा मात्रै केही अतिक्रमण रहेको छ।

प्रतिवेदनअनुसार रत्न सागर पोखरी २ विघा १६ कट्ठा ३ कन क्षेत्रफलमा फैलिएको छ र त्यसमा कुनै पनि दिशाबाट अतिक्रमण भएको उल्लेख छैन। त्यसका बाबजुद पनि उक्त पोखरीलाई अतिक्रमण सूचीमा राखिएको विषयले प्रश्न उठाएको छ।

जानकी मन्दिर पछाडि पेठिया बजार जाने मार्गमा रहेको दशरथ तलाउलाई पनि प्रतिवेदनमा अतिक्रमण भएको उल्लेख गरिएको छ। तर वर्तमान अवस्थामा पोखरीको किनारमा सौन्दर्यकरणका नाममा घाट निर्माण गरिएकाले यसको प्राकृतिक आकार खुम्चिएको देखिए पनि प्रत्यक्ष अतिक्रमणको अवस्था भने सूचनामा उल्लेख गरिएजस्तो नरहेको स्थानीयको भनाइ छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८३ श्रावण १०, आईतवार ०८:५३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ श्रावण १०, आईतवार ०८:५३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ श्रावण १०, आईतवार ०८:५३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ श्रावण १०, आईतवार ०८:५३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ श्रावण १०, आईतवार ०८:५३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ श्रावण १०, आईतवार ०८:५३

ताजा खबर

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव