Thursday, August 27, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे


जनकपुरधाम उपमहानगरमा प्रमुख घिमिरे र यादवकाे बदमासी, सयाै भुक्तानी राेकियाे

Oplus_16908288

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे र महाशाखा प्रमुख मेहीलाल यादवको बदमाशीको कारण सयौं योजनाको भुक्तानी हुन सकेको छैन ।

पाठ्यक्रमकाे बक्याेता

भुक्तानी हुन नसकेको योजनाहरु मध्ये प्रमुख छन् — हरेक विद्यालयमा लागू गरिने कक्षा १ देखि ८ सम्मको स्थानीय मैथिली भाषाको पाठ्यक्रम । आफूलाई मेयर मनोज साह र तत्कालिन प्रमुख प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालले सो योजनामा सोधपुछ नगरेको भनी यादवले लेखक तथा प्रकाशन समूहको विभिन्न बहानाबाजी गर्दै भुक्तानी रोकि दिए ।

देशमा संघीयता आएको ८ वर्षदेखि नै प्राचीन मिथिला एवं मधेश प्रदेशको राजधानी जनकपुरधामको प्रमुख भाषा मैथिली भएका कारणले मैथिली भाषाको पाठ्यक्रम लागू गर्ने योजनाको प्रयास सफल हुँदाहुँदै अन्तिम समयमा आएर मलाई यस योजनामा किन सोधिएन भन्दै फाइल नै रोकि दिएको गुनासो लेखक तथा प्रकाशक डा. हेमप्रसाद साहले गरेका छन् ।

गत तीन वर्षदेखि मैथिली भाषाको पाठ्यक्रमका लागि कोटेशन गर्दा स्थानीय लेखकहरुले चासो नलिएपछि बजेट फ्रिज हुँदै आएको थियो । यस वर्ष मेयर साहको पहलमा रौतहट निवासी हेमराज साहले कोटेशन भरेका थिए । कोटेशन भरेर चैत १५ गते नै साहलाई पाठ्यक्रम तयार पार्न तत्कालिन प्रमुख प्रशासकीय अधिकृत ढकालले उनलाई कार्यादेश दिएका थिए ।

बीस लाख रुपैयाको रहेको सो योजना १०/१० लाख रुपैयाको गरी दुईवटा कोटेशनमा काम गर्न उनलाई कार्यादेश दिइएको थियो । पाठ्यक्रम तयार पार्नुअघि भएका बैठकमा महाशाखा प्रमुख मेहीलाल यादव र शाखा प्रमुख अञ्जु पाण्डे समेत सहभागी थिए ।

तर भुक्तानी दिने बेलामा यसको सूचना प्रकाशन भएन र मलाई यसमा किन खोजिएन भन्दै फाइल सदर अख्तियारी पाएका मेहीलाल यादवले प्रक्रिया अघि नबढाई भुक्तानी रोकि दिए ।

सूचना प्रकाशन बारे समय अभावले गर्न नसकिँदा कोटेशन मार्फत गएको भन्दाभन्दै उनले कुरै सुन्न नचाहेको गुनासो साहले गरेका छन् । उनले पीडा सुनाउंदै काम सकिएपछि एक साताभन्दा बढी उपमहानगरपालिका कार्यालय बिहानदेखि बेलुकासम्म धाउँदा धाउँदै अन्तिम दिनमा आएर मलाई किन खोजिएन, सूचना किन प्रकाशन गरिएन बहानाबाजी गरी फाइल सदर गर्न मानेनन ।

कक्षा एकदेखि ८ सम्मका लागि लेखक साहले स्पेश प्रकाशन र पयोडा एकेडेमियाबाट गरी दुईवटा कोटेशनमार्फत स्थानीय लेखक श्यामसुन्दर शशी, विनिता ठाकुर, सुनिल मल्लिक र धिरेन्द्र झा मैथिलको अनुवादमा पाठ्यक्रम तयार पारेका थिए ।

उपमहानगरपालिका साे पाठ्यक्रम हस्तान्तरण कार्यक्रममा घिमेरे स्वयं उपस्थित भई फाेटाे समेत खिचाएका छन । तर भुक्तानीकाे बेला प्रक्रिया मिलेन त म अधिकार प्रत्यायाेजन गरिसकेछु विभिन्न बहानाबाजी गरेर घिमिरे भुक्तानीका लागि फाइल अगाडि बढाउन दिएनन् ।

मेयर मनोज साहको पहलमा भएको अधिकांश योजनाको भुक्तानी फाइल महाशाखा प्रमुख यादवले सदर नगरी भुक्तानी रोक्का गरेको आरोप लागिरहेको छ । श्रोतका अनुसार एक सयभन्दा बढी सम्पन्न योजनाको भुक्तानी प्रमुख प्रशासकीय अधिकृत यादवको कारण हुन सकेन ।

प्रक्रिया अपुगले राेक्याै

यता महाशाखा प्रमुख यादवले पाठ्यक्रम लेखनको भुक्तानी प्रक्रिया नमिलेको र कागजात अपुग भएका कारण नगरिएको बताएका छन् ।

उनले भने गुजरा नगरपालिकाका लागि तयार पारिएको नेपाली भाषाको पाठ्यक्रम पालिकाको नाम परिवर्तन गरी अधिकांश पालिकाबाट भुक्तानी लिने गरेको र यहाँ पनि सोही पाठ्यक्रमलाई मैथिलीमा अनुवाद गरी ल्याइएको र म शिक्षा शाखा प्रमुख हुँदाहुँदै केही सोधखोज गरिएन । बिना प्रक्रियाको एउटै कामको विभिन्न शिर्षकमा भुक्तानी माग गरिदा रोकेको उनले बताए ।

प्रमुख घिमिरे र लेखाले अन्या भुक्तानी राेक्का

जहाँसम्म पालिकाको अन्य योजनाको भुक्तानी रोकिनुको प्रमुख कारक प्रमुख प्रशासकीय अधिकृत घिमिरे लेखा शाखा प्रमुख शिवनारायण साह छ । मैले बुझेसम्मको फाइल सदर गरे, तर अधिकांश फाइलमा अधिकृत घिमिरे र लेखा शाखा प्रमुख साहले यो मिलेन त्यो मिलेन भनेर रोकेको हो । त्यसमा मेरो कुनै संलग्नता छैन ।

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको शिक्षा विकास हुनु नसक्नु र निजी विद्यालयहरुको मनपर्दीमा यी शिक्षा कर्मचारीकै अहम् भूमिका रहेको आरोप लाग्दै आएको छ । अवैध रुपमा संचालित निजी विद्यालयको पटक पटक अनुगमन हुँदा कारवाहीमा पर्ने विद्यालयलाई यिनीहरुकै कारण आजसम्म कारवाही हुन नसकेको आरोप पनि लाग्दै आएको हो ।

योजनाहरुको भुक्तानी रोकिनुमा महाशाखा प्रमुख यादव मात्र होइन प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेको गलत मनसाय रहेको एक ठेकेदारले बताए । यादव र घिमिरेले मिलिभगतमै योजनाहरुको भुक्तानी रोकिएको उनले भने । घिमिरे आफू कार्यालयमा हुँदाहुँदै मापदण्ड विपरित अख्तियारी यादवलाई दिएका थिए ।

विवादित प्रमुख घिमिरे

मेयर साहसँग वादविवाद भई जनकपुरधाम उपमहानगरपालिकाबाट सरुवा भएका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीका नजिकका मान्छे घिमिरे रहेको बुझिएको छ । रत्नेश शशी उपमहानगरपालिका र यहाँबाट सरुवा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जाँदा विवादित बनेको थियो ।

घिमिरे समेत विवादित छविका कर्मचारी हुन् । यसअघि धरानमा उपमहानगरपालिकामा सरूवा हुंदा अढाई महिनासम्म हाजिर नभई चुनावका बेला निर्वाचन आयाेगमा सरूवा गराए । घिमिरे कार्यालय नजाने, अधिकांश समय विदामा बस्ने विवादित छविका सहसचिव हुन । प्रदेश ५ मा उपसचिव हुंदा विदाकै कारण विवादित बनेका थिए ।

जनकपुरधाम सरुवा भएपछि घिमिरे हाजिर भई १५/२० दिनका लागि घर गई छुटीमा बसे । घरबाटै खाता खोल्ने र ५० लाखसम्मको योजनाको अख्तियारी घिमिरेले घरबाटै लेखेर पठाएका थिए ।

अन्तिम समयमा कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत केही काम आफै केही काम यादवसँग असार मसान्तको अन्त्यतिर हतार हतारमा गरेका थिए । महिनौ पहिला नै काम सम्पन्न भई फाइल पुगेका योजनाको पनि भुक्तानी हुन नसकेको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८३ असार ३०, मंगलवार ११:५३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८३ असार ३०, मंगलवार ११:५३
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०८३ असार ३०, मंगलवार ११:५३
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८३ असार ३०, मंगलवार ११:५३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८३ असार ३०, मंगलवार ११:५३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८३ असार ३०, मंगलवार ११:५३

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव