Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’


कारबाहीको फाइल अलपत्र : मधेश सरकारका मन्त्रीहरूमाथि छानबिन प्रतिवेदन ‘थन्कियो’

आर्थिक वर्ष २०७९/०८० मा अर्थ मन्त्रालयमार्फत स्थानीय तहलाई उपलब्ध गराइएको सशर्त अनुदान र रकमान्तर प्रक्रियामा व्यापक अनियमितता भएको आरोप उठेपछि २०८० असार २५ गते प्रदेश सभा सदस्य उपेन्द्र महतोको संयोजकत्वमा १० सदस्यीय विशेष छानबिन समिति गठन गरिएको थियो। समितिले २०८१ असार ९ गते सभामुखलाई प्रतिवेदन बुझाए पनि त्यसको कार्यान्वयन अझै हुन सकेको छैन ।

जनकपुरधाम । स्थानीय तहलाई दिइने सशर्त र विशेष अनुदान वितरणमा अनियमितता भएको ठहर गर्दै तयार गरिएको छानबिन प्रतिवेदन बुझाएको डेढ वर्ष बितिसक्दा पनि मधेश प्रदेश सरकारका पदाधिकारीमाथि कुनै कारबाही अघि नबढेपछि विषय पुनः चर्चामा आएको छ।


प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री सञ्जय यादवले कार्यविधि विपरीत आफ्नै गृहजिल्लाका स्थानीय तहलाई प्राथमिकता दिँदै रकम पठाएको, उद्योग–वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ करिब ४२ करोड रुपैयाँ प्रक्रियाविपरीत रकमान्तर गरिएको तथा दर्ता नै नभएका पत्रका आधारमा बजेट स्वीकृत गरिएको जस्ता गम्भीर कमजोरी औंल्याइएको थियो।

प्रदेश सभाबाट प्रतिवेदन तत्कालीन मुख्यमन्त्री सतिश सिंहलाई बुझाइए पनि कारबाही प्रक्रिया अघि बढेन। सिंहले समितिले सुझावात्मक भाषा प्रयोग गरेकाले कारबाही गर्न कठिन भएको दाबी गरेका छन्। “प्रतिवेदनले गलत भन्यो, तर सुधार गर्न सुझाव पनि दिएको छ, त्यसले दण्डात्मक कारबाहीको आधार कमजोर बनायो,” उनले भने।

वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने आफूले प्रतिवेदन नै नदेखेको बताएका छन्। जनजी आन्दोलनका क्रममा कार्यालयका फाइल जलेको दाबी गर्दै उनले प्रतिवेदन अध्ययन गरेपछि मात्र प्रतिक्रिया दिने बताए।

समितिका संयोजक उपेन्द्र महतोले भने दोषी देखाइएकामाथि कारबाही गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे। “हामीले अनियमितता औंल्यायौं, अब कारबाही गर्ने काम सरकार र प्रदेश सभाको हो। सुझाव दिएको भन्दै कारबाही नगर्नु बहाना मात्र हो,” उनले भने।

कहाँ भयाे अनियमितता

छानबिन प्रतिवेदन अनुसार मधेशका १३६ स्थानीय तहमध्ये १३० वटामा असन्तुलित रूपमा अनुदान वितरण गरिएको थियो भने ६ स्थानीय तहलाई अनुदान नै दिइएको थिएन। सर्लाहीका ६ र सप्तरीको १ गरी ७ पालिकामा अत्यधिक रकम पठाइएको उल्लेख छ।

तत्कालीन अर्थमन्त्री यादवको गृहजिल्ला सर्लाहीका चक्रघट्टा गाउँपालिका, बागमती नगरपालिका, कविलासी नगरपालिका, बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकाले ३ करोड ९० लाखदेखि ६ करोड ८० लाखसम्म अनुदान पाएको प्रतिवेदनमा उल्लेख छ। चक्रघट्टा गाउँपालिकालाई निर्णयभन्दा २५ लाख बढी रकम उपलब्ध गराइएको तथ्य पनि प्रतिवेदनमा छ।


त्यसै वर्ष एमाले विजयी भएका केही स्थानीय तह—बलान बिहुला, विदेह, फतुवा विजयपुर, बौधीमाई, फेटा र विश्रामपुर—ले सशर्त अनुदान नै नपाएको उल्लेख गरिएको छ।

कार्यविधिमा उपमहानगर तथा महानगरपालिकालाई ५० लाखभन्दा कमका योजनामा अनुदान दिन नपाइने व्यवस्था हुँदाहुँदै २५ लाखसम्मका योजनामा रकम विनियोजन गरिएको पनि प्रतिवेदनले देखाएको छ। वीरगञ्ज महानगर र जनकपुर उपमहानगरपालिकाले ठूलो रकम पाउँदा जितपुर–सिमरा उपमहानगरपालिकालाई भने २५ लाख मात्र दिइएको भन्दै वितरणमा असन्तुलन भएको निष्कर्ष निकालिएको छ।

यस्तै, उद्योग तथा पर्यटन मन्त्रालयतर्फ स्वकीय सचिवको लेटरहेड प्रयोग गरी ४२ करोड ६० लाख १० हजार रुपैयाँ रकमान्तर गरिएको, केही मन्त्रालयबाट आएको पत्र दर्ता नै नगरी बजेट सारिएको र माग आउनुअघि नै रकम रकमान्तर गरिएको जस्ता घटनालाई समितिले वित्तीय सुशासनविपरीत ठहर गरेको छ।

प्रतिवेदनमा जिम्मेवार निकायबाटै यस्तो कमजोरी हुनु गम्भीर विषय भएको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्नुपर्ने सुझाव दिइएको थियो। तर प्रतिवेदन कार्यान्वयन नहुँदा अनियमिततामा संलग्न भनिएका पदाधिकारीहरू अहिलेसम्म कारबाहीबाट बचिरहेका छन्।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८२ चैत्र २१, शनिबार ०१:३८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८२ चैत्र २१, शनिबार ०१:३८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८२ चैत्र २१, शनिबार ०१:३८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८२ चैत्र २१, शनिबार ०१:३८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८२ चैत्र २१, शनिबार ०१:३८
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०८२ चैत्र २१, शनिबार ०१:३८

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव