जनकपुरधाम चैत ५ गते । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना निवासी हसिना खातुनको मृत्यु नभई हत्या गरिएकाे आराेप लगाइशएकाे छ ।
न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन् ।
मृतकका माइती पक्ष, आफन्त तथा अधिकारकर्मीहरूको सहभागितामा भएको प्रदर्शनमा उनीहरूले घटनामा संलग्न सबै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘हत्या गर्नेहरूलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’ जस्ता प्लेकार्डसहित नाराबाजि गरेका छन् ।
गत फागुन १३ गते हसिना खातुन आफ्नै निवासमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि ससुराली पक्षले आत्महत्या गरेको दाबी गर्दै आएको छ भने माइती पक्षले भने दाइजोको विवाद र पारिवारिक तनावका कारण हत्या गरिएको आरोप लगाउँदै आएको छ ।
मृतकका भाउजुले ‘दाइजोको नाममा पटक पटक दबाब दिइन्थ्यो, साथै श्रीमानको अन्य महिलासँग सम्बन्धका कारण अर्को विवाह गर्ने योजनामा मेरी ननदलाई मारियो,’ भनिन् ।
उनका अनुसार करिब दुई वर्षअघि ८ लाख रुपैयाँ खर्च गरेर हसिनाको विवाह गरिएको थियो । विवाहपछि समेत थप रकम माग्ने र मानसिक दबाब दिने क्रम जारी रहेको आरोप माइती पक्षले लगाएको छ ।
यता, प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै मृतकका श्रीमान शहनवाज शेषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !