जनकपुरधाम, मा २७ गते । चुनावी प्रचार–प्रसारको क्रममा देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मंगलवार मधेश यात्राको क्रममा सप्तरी र सिरहा हुदै धनुषा आइपुगेका छन् ।
सप्तरीबाट सिरहा हुंदै धनुषा प्रवेश गर्ने क्रममा कमला नगरपालिका अन्तर्गतको कमला पुलमा रास्वपा धनुषा क्षेत्र नम्बर २ का उम्मेदवार रामविनोद यादव र समानुपातिक उम्मेदवार जुली यादवको नेतृत्वमा हजारौं कार्यकर्ताले बालेनलाई भव्य स्वागत गरेका थिए ।

कार्यकर्ता तथा समर्थकहरुले अबकी बार बालेन सरकारको नारा लगाउंदै उनको हैसला बढाएको थियो ।
धनुषामा बालेनको स्वागतका लागि उम्रेको भीडले यहाँका कार्यकर्ता तथा स्थानीय मतदाता उत्साह थपिएकाले जनसमर्थन बढनुका साथै राम्रो परिणाम आउने रहेको उम्मेदवार रामविनोद यादवले बताएका छन् । स्वागतको क्रममा उनले भने देशमा हुने परिवर्तनको आशले बालेनप्रति मधेशी जनतामा जागेको आशले जनसमर्थन बढेको र यो जनसमर्थनले हामी जनतामा देखिएका विकासका सपना पुरा गर्नेछौ ।

धनुषाधामबाट सिधैं उनी पिपरा हुँदै महोत्तरीको जलेश्वर पुगेका हुन् । जलेश्वरपछि उनी आफ्नो जन्मस्थान एकडारा पुगेका थिए, जहाँ स्थानीयबासीले विशेष आत्मीयताका साथ स्वागत गरेका थिए । जन्मथलो पुगेका बालेन भावुक देखिएका थिए । एकडारापछि उनी बर्दिबास पुगेका छन् ।
मधेश केन्द्रित रहेको सो यात्रा उनी सप्तरीको राजविराजबाट शुरु गरेका हुन् । सप्तरीको कञ्चनपुर हुँदै राजविराज पुगेर मधेश यात्राको औपचारिक शुरुवात उनले गरेका छ्न । त्यसक्रममा उनले हनुमाननगर बोदेबरसाइन, भगवानपुर र औरही चोक हुँदै सिरहा जिल्लाका औरही, गोलबजार, पुरानो चौक–चोहर्वा तथा नयाँ चौक–चोहर्वा मार्ग पार गर्दै धनुषा प्रवेश गरेका थिए ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !