Wednesday, August 12, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

फागुन ५ देखि जनकपुरधाममा पाँचौँ अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

जनकपुरधाम, २ फागुन । साहित्य, कला र नाट्यकर्मको संगमका रूपमा चिनिएको जनकपुरधाममा “जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव”को पाँचौँ श्रृंखला भव्य रूपमा आयोजना हुने भएको छ।

मैथिली विकास कोषको आयोजना तथा शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा हुने महोत्सव फागुन ५ देखि ८ गते (१७–२० फेब्रुअरी २०२६) सम्म सञ्चालन हुनेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले मैथिली भाषा, साहित्य र संस्कृति समुदायको पहिचान भएको उल्लेख गर्दै महोत्सवले चार दिनसम्म भाषा, साहित्य, कला, नाटक तथा सामाजिक विमर्शलाई जीवन्त बनाउने विश्वास व्यक्त गरे। उनले जनकपुरधामवासीको सक्रिय सहभागितालाई नै महोत्सव सफलताको मुख्य आधार बताए।

उनका अनुसार कोष स्थापना कालदेखि नै भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण–प्रवर्द्धनमा क्रियाशील छ। प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सवले सांस्कृतिक सृजनालाई प्रोत्साहन मात्र नभई सामाजिक न्याय, स्त्रीवाद, दलित विमर्श, शिक्षा र समसामयिक मुद्दामा गहन बहसको साझा मञ्च प्रदान गर्दै आएको छ।

२० भन्दा बढी कार्यक्रम, शोभायात्रासहित उद्घाटन

महोत्सवमा २० भन्दा बढी विविध कार्यक्रम समावेश छन्। उद्घाटन समारोहपछि शहरमा शोभायात्रा तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, पुस्तक प्रदर्शनी र मैथिली आख्यान लेखन कार्यक्रम आयोजना गरिने जनाइएको छ।

नेपाल–भारतका नाट्य समूहको प्रस्तुति

नाट्यतर्फ नेपालको मिनाप, रंगदर्पण जनकपुर र भारतको चेतना समिति पटना लगायतका समूहले प्रस्तुति दिनेछन्। ‘छुतहा घैल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’ र ‘देसिल बयना बहुरुपिया’ जस्ता प्रमुख नाटक मञ्चन गरिनेछन्।

महोत्सव अवधिभर ‘उठलै किए विहाडि? (राजनीति)’, ‘पग पग पोखरी पियासल लोक’, ‘भाषा: राजकाज र समाज’, ‘मैथिली साहित्यक समकालीन स्त्रीवाद’ र ‘सामाजिक सञ्जाल: अवसर र चुनौती’ जस्ता विषयमा विशेषज्ञहरूले धारणा राख्नेछन्।

विशेष आकर्षणका रूपमा मिथिला भोजन प्रदर्शनी, चित्रकला तथा हस्तकला प्रदर्शनीका साथै नेपाली र भारतीय विद्वान तथा गायक–गायिकाको सांस्कृतिक प्रस्तुति रहनेछ।

फागुन ८ गते समापन समारोहमा पुरस्कार वितरण, कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। आयोजकले महोत्सवमार्फत भाषा, साहित्य, कला र संस्कृतिप्रतिको जनसहभागिता थप सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८२ फाल्गुन ३, आईतवार ०२:१९
ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना
Blast News

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

२०८२ फाल्गुन ३, आईतवार ०२:१९
ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा
Blast News

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

२०८२ फाल्गुन ३, आईतवार ०२:१९
गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन
Blast News

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

२०८२ फाल्गुन ३, आईतवार ०२:१९
वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत
Blast News

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

२०८२ फाल्गुन ३, आईतवार ०२:१९
हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै
Blast News

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

२०८२ फाल्गुन ३, आईतवार ०२:१९

ताजा खबर

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर आन्दाेलनप्रति पुर्वमन्त्री यादवकाे ऐक्यबद्धता, २७ गतेपछि धर्ना

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

ट्रमा सेन्टर सारिएकाे विराेधमा पुर्व मन्त्री यादव धर्नामा

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

गृहमन्त्रीले गरेको सम्झौता `फर्जी´, सरकार भन्छन – कुनै सहमति भएको छैन

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

वैदेशिक रोजगारीमा निधन भएका परिवारलाई ५० हजार राहत

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

हिन्दु राष्ट्रको आन्दोलन मागपत्रमै ‘फिर्ता’ : १३ र ६ बुँदे माग उस्ता उस्तै

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव