जनकपुरधाम, जेठ ३१ गते । कपडा तथा रेडिमेड व्यवसायी संघको नयां नेतृत्वका लागि सन्दीप साहकाे अध्यक्षतामा कार्यसमिति चयन भएकाे छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम साधारणसभाबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको उपाध्यक्षमा सुनिल साह, सचिवमा बिट्टु चौधरी, सहसचिवमा देव मोहन साह (दिपक) र कोषाध्यक्षमा प्रमोद कुमार दास चयन भएका छन् ।
त्यस्तै कार्यसमितिका सदस्यहरूमा संजिव साह (कुर्था), कामेश कुमार झा, राजीव कुमार साह, सन्तोष लाल दास, संजय कुमार साह, पशुपतिनाथ कापडी, राजेश लाल दास, जिवछ साह र गोविन्द पण्डित चयन भएका हुन् ।
संघले स्थानीय व्यापारीहरूको हकहित र व्यवसायिक वातावरण सुधारका लागि क्रियाशील भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !