Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सिफेडकाे प्रयासले ३ जीवनाशक विषादीमा लगाइयो रोक


सिफेडकाे प्रयासले ३ जीवनाशक विषादीमा लगाइयो रोक

जनकपुरधाम, मंसिर २१ गते । जनस्वाश्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सिफेड) को प्रयासले ३ वटा जीवनाशक विषादी नेपालमा उत्पादन, भण्डारण र विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको हो ।

सूचना अनुसार ‘पाराक्वाट/पाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको हो ।

जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाट/पाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यस्तै फोरेट कीटनाशक विषादी ३० कात्तिकमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो ।

यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ ।

कृषि मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।

सिफेडले यी किटनाशक विषादीहरुको उत्पादन, संश्लेषण, आयात, निर्यात, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाइएको सरकारको निर्णयमा एक प्रेस विज्ञप्ति जारी गरी सम्मान गरेको छ ।

बाँकी रहेका विषादीहरु पाराक्वाट र क्लोरपाइरिफोस दुई वर्षभित्र समाप्त÷प्रयोग गरिसक्नु पर्नेछ । यो अवधि फोरेटलाई भने दिइएको छैन किनकि पहिले नै २०७२ असार २० मा नै यसलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो र यसै राजपत्रको सूचनामा समावेश गरी प्रकाशित गरिएको हो ।

जनस्वाश्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले यी विषादी र विषाक्त रसायनहरुका विषयमा लामो समयदेखि काम गर्दै आएको थियो र सम्बन्धित सरकारी निकायहरू कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रसँग अनुसन्धानमा आधारित पैरवी गर्दै आएको थियो ।

विषादी व्यवस्थापन ऐन, २०७६ (दफा २२) को प्रावधान बमोजिम विषादी व्यवस्थापन समितिको निर्णयबाट प्रतिबन्ध लगाउने यो कदम एकातर्फ जनस्वास्थ्य र वातावरण संरक्षणका लागि प्रशंसनीय रहेकाे सिफेडले भनेकाे छ ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय रासायनिक व्यवस्थापनसम्बन्धी रणनीतिकको अति खतरनाक विषादीहरु सम्बन्धी नयाँ उदीयमान नीति र सन् २००७ देखी नै नेपाल पक्षधर राष्ट्र रहेका दिर्घायू प्रदूषक सम्बन्धी स्टकहोम महासन्धिको परीपाल्ना प्रतीको हाम्रो राष्ट्रिय दायित्व पूरागर्न पनि मद्दत पुरयाउने विश्वास गर्दै यो प्रगतिशील प्रतिबन्ध सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयनको लागि केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले जोडदार माग गरेका छन् ।

साथै सिफेडका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक साहले नेपालमा आयात, बिक्री, वितरण र प्रयोग गर्न पाइने दर्ता भएका विषादीहरूको लामो सूचीप्रति समेत सचेत र ध्यानाकर्षण गराएको छ ।

अहिलेसम्म नेपालमा दर्ता भएका ३४.१५ प्रतिशत (१६४ मध्ये ५६) रासायनिक विषादीहरु स्वास्थ्य र वातावरणका लागि विषाक्त असरहरुको विरासतका कारण विश्वका एक वा एकभन्दा बढी देशहरुमा प्रतिबन्धित भैसकेका छन् तर नेपालमा कानुनी रूपमै दर्ताभै आयात, बिक्री, वितरण र प्रयोग भइरहेको दाबी गर्दै आइरहेको दुर्भाग्य रहेको उनले भनेका छन् ।

पाराक्वाट, क्लोरपाइरिफोस र फोरेटको उत्पादन, संश्लेषण, आयात, निर्यात र प्रयोगको अन्त्यले संसारभरका देशहरूको लागि नेपालले महत्वपूर्ण नजीर स्थापित गरेको छ र जनस्वास्थ्य र वातावरणको सुरक्षाको लागि एक आवश्यक उपाय पनि बनाएको छ ।

सन् २०२५ को मे महिनामा विश्वका राष्ट्रहरूले स्टकहोम महासन्धीका प्रावधानहरू अन्तर्गत क्लोरपाइरिफोसमाथि सम्भावित विश्वव्यापी प्रतिबन्धबारे पक्षहरूको सम्मेलन (सीओपी) को बैठकमा निर्णय गर्नेछन् । नेपालले यो र अन्य हानिकारक विषादीहरूमाथि लगाएको प्रतिबन्ध, सम्भव र आवश्यक दुवै छ भनेर देखाउँदछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ मंसिर २२, शनिबार १२:३९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ मंसिर २२, शनिबार १२:३९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ मंसिर २२, शनिबार १२:३९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ मंसिर २२, शनिबार १२:३९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ मंसिर २२, शनिबार १२:३९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ मंसिर २२, शनिबार १२:३९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव