जनकपुरधाम, असोज २० गते । हिन्दु धर्माबलम्बीहरुको पर्व दशैँको रमझम जनकपुरधामसहित देशैभरी छ ।
दशैँको चाैथाे दिन आज कुष्माण्डा देजीकाे जनकपुरधामको राजदेवी मन्दिर सहित गाउँ गाउँका शक्ति पीठहरुहरुमा घटस्थापना विधिसंगै गरिदैंछ । दशैँको पहिलाे दिनदेखि नै रमझम शुरु भएको छ ।
जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ । भक्तजनहरुको घुइचो दशैँको पहिलो दिनदेखि नै बढेको छ ।

घटस्थापनाका दिन राखिएका जमरामा जल सेचन गर्ने र दुर्गा भवानीलाई खुसी पारी शक्ति प्राप्त गर्न ‘ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे’ नवार्ण मन्त्र वा ‘ॐ दुर्गे दुर्गे रक्षिणी स्वाहा’ नवाक्षर मन्त्र १०८ पटक जपी यस दिन पनि दुर्गा सप्तशती या चण्डीपाठ गर्नुपर्ने मार्कण्डेय पुराणमा उल्लेख छ ।
सृष्टिको क्रममा ब्रह्म या अण्डलाई उत्पन्न गरेकाले उनको नाम कुष्माण्डा रहन गएको हो । धार्मिक मान्यतालाई आधार मान्ने हो भने कुष्माण्डा देवी मृत्यु, रोग र कमजोरीका साथै शरीर तथा आत्माको दोषलाई हटाउन विलक्षण कार्य गर्ने देवीको रुपमा लिइन्छ ।

यस वर्ष बोकाबली प्रदान बिहीवार असाेज २४ गते हुनेछ । नेपाल पञ्चाँग अनुसार अष्टमी शुक्रवार परेतापनि बिहीवार नै मिथिला पञ्चाग अनुसार बलि प्रदान हुने राजदेवी मन्दिर पूजा व्यवस्थापन आयोजक महावीर युवा कमिटीले जनाएको छ ।
कमिटीका अनुसार यस वर्ष सप्तमी र अष्टमी एकै परेका हुनाले बिहीवार नै बलि प्रदान गर्ने निर्णय गरिएको हो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !