जनकपुरधाम, असोज ४ गते । वीरगञ्जपछि मधेश प्रदेशका राजधानी जनकपुरधाममा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडी (बियोण्ड) को विद्युतिय कार दोश्रो ठूलो शोरुम संचालनमा आएको छ ।
रामजानकी अटो ट्रेडर्सले जनकपुरधाममा अधिकारिक शो रुम स्थापना गरेर सो कारको बिक्री–वितरण सुरु गरेको हो । सो शो रुमको उद्घाटन जनकपुरधाम उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले रिबन काटेर गरेका छन् ।

बीवाइडीका गाडी वातावरण मैत्री रहेकाले अत्यधिक रुचाइएकाले यहाँ शोरुमको स्थापना गरेको रामजानकी ट्रेडर्स जनकपुरधामका संचालक छोटेलाल साहले बताए । विद्युतीय गाडी चलाउन पनि सहज, खर्च पनि कम र यात्रा पनि आरामदायी हुने उनले बताए । आवश्यक्ता अनुसार चार्ज गरेर चलाउन सकिने र एक पटक फूल चार्ज भएमा ४ सयदेखि ५ सय २० किलोमिटरसम्मको यात्रा सहज रुपमा गर्न सकिने उनले जानकारी दिए ।
शोरुमको उद्घाटन कार्यक्रममा बीवाइडीको एटो थ्री २०२४ गाडी लञ्च समेत गरिएको थियो । शोरुमको उदघाटन कार्यक्रममा बीवाइडीको नेपालकालागि आधकारिक बिक्रेता साइमेक्स इन प्रालिका अनिल श्रेष्ठ, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु शिवशंकर साह हिरा, ललित साह लगायतको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !