Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जउवा संघको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा


जउवा संघको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा

जनकपुरधाम, भदौ २१ गते । जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ नेतृत्वका लागि त्रिकोणात्मक प्रतिष्पर्धा देखिएको छ ।

नयाँ नेतृत्वका लागि उम्मेदवारहरुको दौडधुप शुरु भइसकेको छ । विगतका वर्षहरुमा झैं घरदैलो अभियान शुरु भइसकेको छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न अहोरात्र खटिरहेका छन् । व्यापारी तथा जनकपुरधामको उद्योग व्यवसायको हितका लागि आफूले तयार पारेका एजेण्डा व्यापारीहरुलाई बुझाई रहेका छन् ।

आउंदो भदौ २९ गते हुने जउवा संघको निर्वाचनमा अध्यक्ष पदका लागि होटल व्यवसायी सुरेन्द्र भण्डारी, एल्मुनियम व्यवसायी जितेन्द्र प्रसाद साह र सुनचाँदी व्यवसायी मनिषरमण साहले प्रतिष्पर्धामा छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये भण्डारी निवर्तमान उपाध्यक्ष हुन् भने जितेन्द्र प्रसाद साह निवर्तमान वरिष्ठ उपाध्यक्ष र मनिषरमण साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

यी तीनवटै उम्मेदवार नेतृत्वमा पुग्न मतदाता रिझाउन अहिले पसल पसल र व्यवसाय प्रतिष्ठानमा मत माग पुगिरहेका छन् । तिनै उम्मेदवार एकअर्काभन्दा कम छैनन् । सबैको आ आफ्नै मतदाता छन् । तर यी मध्ये होटल व्यवसायीको रुपमा परिचित एवं विभिन्न संघ संस्थासँग आबद्ध रही उद्योगी व्यवसायीहरुको हकहितमा वर्षौदेखि काम गर्दै आएका सुरेन्द्र भण्डारीको नाम बढी चर्चामा देखिएका छन् ।

अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले विगतमा संघको उपाध्यक्ष बनेर उद्योगी व्यवसायीको हितमा काम गर्न नसकिने देखेर यसपाली अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । गत अधिवेशनमा उनी सर्वाधिक मत प्राप्त गरेर उपाध्यक्ष बनेका थिए ।

भण्डारीको नाम बढी चर्चामा हुनुको प्रमुख कारण हो उनी सहयोगी भावनाका हुन् । उद्योगी व्यवसायीले चाहेको जति बेलापनि खोज्दा उनी सहयोगका लागि हरदम पुग्ने गरेका छन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हाली सकेका छन् । पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा भने भण्डारी पराजित भएका थिए ।

दलीय सहयाेग

भण्डारी एमालेसँग आबद्ध छन् भने अल्मुनियम व्यावसायी जितेन्द्र र सुनचाँदी व्यवसायी मनिष दुबैजना नेपाली कांग्रेससँग आबद्ध विमलेन्द्र निधि गुटका छन् । तर कांग्रेस नेताहरु कसलाई सहयोग गर्ने निष्कर्षमा नपुगेको सो पार्टीका एक नेताले बताए ।

जउवासंघको क्षेत्र धनुषा क्षेत्र नम्वर ३ मा पर्छ । यो क्षेत्र एमालेकी जुली महासेठ र कांग्रेसका विमलेन्द्र निधीको हो । जुली अहिले निर्वाचित संघीय सांसद छन् । यी दुबै नेताको व्यापारीहरुको चुनावमा अप्रत्यक्ष प्रतिस्पर्धा रहेको देखिन्छ । निधी र महासेठ दुबैको जनकपुरधामका व्यापारीमा राम्रो पक्कड छ । त्यसैले उनीहरुको समर्थन पाउने उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसले जितेन्द्रलाई सहयोग गरे भने जितेन्द्र र सुरेन्द्रबीच कडा प्रतिष्पर्धा हुनेछ । यदि कांग्रेसले मनिषलाई सहयोग गरे भने उनी र सुरेन्द्रबीच प्रतिष्पर्धा हुनेछ । स्रोतका अनुसार निधीले जितेन्द्रलाई सहयोग गर्ने संकेत गरेका छन् । निधीको सहयोग पाएमा जितेन्द्र र जुलीका समर्थक सुरेन्द्रबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

जउवा संघको यी निर्वाचन वर्तमान सत्ता गठबन्धन कांग्रेस र एमालेबीचको अप्रत्यक्ष रुपमा आन्तरिक प्रतिष्पर्धा रहेको देखिन्छ । संघमा ४ हजार ७६ मत मध्ये अध्यक्ष पदका तिनटै उम्मेदवारसँग एक हजारभन्दा बढी मत रहेको छ । सत्ता गठबन्धन बाहेक प्रतिपक्षी माओवादी, नेकपा एस र मधेशवादी जसपा र लोसपाको सहयोग जुन उम्मेदवारसँग भयो त्यसले नै बाजी मार्नेछ ।

यसमा सबभन्दा महत्वपूर्ण भूमिका मधेशी दल जसपाको रहनेछ । किनकि पछिल्लो निर्वाचनमा जितेन्द्र महासेठ र शिवशंकर साह रिहा मधेशी दल जसपाकै सहयोगमा जितेर नेतृत्व पाउन सफल भएका थिए । यसपटक जसपा सांगठनिक रुपमा केही कमजोर भएपनि उनको सहयोग अपरिहार्य देखिन्छ ।

उम्मेदवारहरूकाे एजेण्डा

सर्वाधकि मत पाएर उपाध्यक्षसम्म पुगेर काम गरिसकेका भण्डारीले उपाध्यक्ष पदमा सोचे अनुरुप उद्योग व्यवसायको विकासका लागि काम गर्न नसकेकाले आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको भण्डारीले बताउंन ।

उनी भन्छन, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही काम गर्न सकेनौ अब गर्न नसकेका धेरै कामहरू गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।

संघको कोषाध्यक्ष, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिसकेका अध्यक्ष पदका अर्का उम्मेदवार जितेन्द्रप्रसाद साहले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

साना, मझौला तथा ठूला व्यवसायमा आफूले प्राप्त गरेको अनुभवलाई उद्योग वाणिज्य संघका लागि प्रयोग गर्ने बताए । उनले अध्यक्षमा निर्वाचित भए स्थानीय सरकारसँगको सहकार्यमा फुटपाथमा व्यापारिक गतिविधि निरूत्साहन गरी फुटपाथ व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था मिलाउन समन्वय गर्ने बताए ।

त्यस्तै अर्का उम्मेदवार मनिषले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन् । यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन एजेण्डा लिएर मतदाता कहाँ पुगिरहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८१ भाद्र २१, शुक्रबार १०:४२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८१ भाद्र २१, शुक्रबार १०:४२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८१ भाद्र २१, शुक्रबार १०:४२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८१ भाद्र २१, शुक्रबार १०:४२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८१ भाद्र २१, शुक्रबार १०:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८१ भाद्र २१, शुक्रबार १०:४२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव