जनकपुरधाम, भदौ १४ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको भदौ २९ गते हुने नयाँ नेतृत्वको निर्वाचनका लागि सुरेन्द्र भण्डारी सहितका तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रवार जउवा संघको कार्यालयमा अध्यक्ष पदका भण्डारी सहित जितेन्द्र प्रसाद साह र मनिषरमण साहले पनि उम्मेदवारी दिएका छन् । भण्डारीले तामझामका साथ दलबलसहितको उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी दर्ता टीममा जउवा संघका पूर्व अध्यक्ष शिवशंकर साह हिरा र पूर्व पदाधिकारीहरु सहित व्यवसायीहरुको सहभागिता रहेको थियो ।
उम्मेदवारी दर्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले भने आफ्नो उम्मेदवारी जनकपुरधाम क्षेत्रका उद्योगी व्यवसायीहरुको हकहित र उद्योग व्यवसाय संरक्षणका लागि रहेको छ । उनले थप्दै भने जनकपुरधाम क्षेत्रका उद्योगी व्यवसायीहरुको माया स्नेह र साथ रहेकाले आफ्नो जीत सुनिश्चित रहेको छ ।

अध्यक्ष सहित अन्य उम्मेदवारहरुको नामावली पनि शुक्रवार साँझ सार्वजनिक गरिएको छ । निर्वाचन समितिका प्रमुख ललित साहका अनुसार विभिन्न १७ वटा पदमा ४३ जना उम्मेदवारी दिएका छन् । बिहान १० बजेदेखि जुलुसका सँग उम्मेदवारहरु उम्मेदवारी दर्ता गराउन जनकपुरधाम उद्योग वाणिज्य संघ पुगेका थिए ।
वरिष्ठ उपाध्यक्ष पदमा मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साह, उपाध्यक्षमा लक्ष्मण साह, विश्वनाथ साह सुडी, महिला उपाध्यक्ष रिंकु साह, माया कुमारी, सरिता ठाकुर, महासचिव पदमा फुलदेव पंडित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधीर पजियार उम्मेदवार रहेका छन् ।

यसैगरी सचिव पदमा नरेन्द्रविक्रम साह, मनोजकुमार शर्मा, राकेशकुमार साह, परमेश्वर साह, एशोसिएट सदस्यमा दिपककुमार साह, अभिषेककुमार चौधरीले उम्मेदवारी दिएका छन् । कार्यकारी सदस्यमा रमेश महतो, संतोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दिपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, वलरामकुमार साह, धु्रबकुमार साह, सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।
यसैगरी सम्बद्ध सदस्यमा जनकपुर कपडा तथा रेडिमेड र जनकपुर सुनचाँदी व्यवसायी संघले उम्मेदवारी दिएका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा कुल ४ हजार ७६ मतदाता रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !