जनकपुरधाम, साउन २२ गते । मधेश सरकारकाे कार्य प्रभावकारी बनाउन मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद् सदस्यहरूसँग कार्यसम्पादका लागि करार सम्झौता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार एक पत्रकार सम्मेलन आयाेजना आयोजित कार्यक्रम गरी मुख्यमन्त्री सिँहले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम प्रभावकारी रूपले कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मुख्यमन्त्री सिँहले कार्यसम्पादन सम्झौताका लागि ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, अर्थमन्त्री सुनिलकुमार यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नादनसिँह क्षेत्री, शिक्षा तथा सँस्कृति मन्त्री रानी शर्माले करार सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह,खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँसँग पनि करार सम्झौता गरेका हुन् ।
श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय प्रादेशिक राजधानी जनकपुरधाम बाहिर रहेकाले उनीसंग आज कार्यसम्पादन सम्झौताको करार हुन सकेन ।
साे करार सम्झाैता पत्रमा मन्त्रालयहरूका नीतिगत विषयहरूलाई वार्षिक कार्यक्रमसँग आबद्ध गरेर कार्यसम्पादन सूचक र मूख्य नतिजा क्षेत्र सूचक खुल्नेगरी मन्त्रालयका संयन्त्रमार्फत भदौ १५ भित्र कार्यसम्पादन सहितको विवरण तयारी तथा स्वीकृत गर्नुपर्ने भनिएकाे छ ।

कार्यसम्पादन विवरणमा मन्त्रालयका कार्यक्रम, क्रियाकलापको सूची र कार्यान्वयनको समयसीमा उल्लेख रहनेछन् । प्रत्येक मन्त्रालयले आफ्ना कार्य प्रगति विवरण उल्लेख गर्नुका हुन नसकेका कामहरू के कति कारणले हुन सकेन समेत उल्लेख गर्नुपर्नेछ ।
कार्यसम्पादन सम्झौतापछि मुख्यमन्त्री सिँहले मन्त्रालयका काममा प्रगति, पारदर्शिता र समयबद्धता कायम गर्न प्रत्येक मन्त्रालयका मन्त्रीहरूसंग गरिएकाे जानकारी दिए ।
उनले सम्झौता कार्यान्वयनबाट मासिक, त्रैमासिक तथा वार्षिक कार्यसम्पादन मूल्याङ्कन हुने र त्यसकाे सार्वजनिक प्रत्येक ३/३ महिनमा गरिने भन्दै त्यसबाट मन्त्रालयमा काम भएका वा नभएका र नभएका कारण तथा जिम्मेवार व्यक्तिको पहिचान गर्न सकिने उल्लेख गरे ।
मुख्यमन्त्री सिँहले कार्यसम्पादन सम्झौताबाट कर्मचारीले दायित्वबोध गर्नेछ भने यसबाट अधिकारीहरूको जिम्मेवारीसँगै पुस्कृत तथा कारबाही हुने आधार तय हुनेछ भने ।’

सम्झाैतापछि ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले याे कार्य सम्पादन सम्झाैताले मन्त्रालयका पदाधिकारी तथा कर्मचारीलाई दायित्व बाेधसहित थप जिम्मेवार बनाउनेछ र जनताका लागि पारदर्शी समेत हुने बताए ।
प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्यालले भदौ १५ भित्र कार्यसम्पादनका मुख्य सूचक तथा मुख्य नतिजा क्षेत्र निर्धारणसहितको विवरण तयार तथा स्वीकृत भएपछि सम्झौताको प्रक्रिया पुरा हुने बताए ।
प्रमुख सचिव पौड्यालले कार्यसम्पादन सम्झौताबाट समानुपातिक हिसाबले वितरण गरेर कुनै महिना काम नहुने र कुनै महिनामा धेरै काम हुने प्रवृत्ति निरुत्साहित हुने तथा भदौदेखि असारसम्म काम व्यवस्थित हुने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !