जनकपुरधाम, असार १० गते ।
महोत्तरीको लोहारपट्टी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२का लागि ६५ करोड ६१ लाख ९३ हजारको बजेट ल्याएको छ ।
नगरसभाको उदघाटन सत्रमा नगरप्रमुख शैलेन्द्र यादवले निति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आर्थिक वर्ष २०८१/०८२का लागि ६५ करोड बढीको बजेट प्रस्तुत गरेका हुन् । नगरप्रमुख यादवले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकताका साथ राखिएको छ । यसका साथै पालिका भित्र भौतिक संरचना निर्माणका साथै सडक स्तरोन्नतिमा समेत केन्द्रित गरिएको छ ।

सो बजेटको रकम राजस्व बाँडफाँटमा संघबाट १० करोड ५७ लाख, प्रदेशबाट ५३ लाख, समानीकरण अनुदान संघबाट ११ करोड ५५ लाख, प्रदेशबाट ८३ लाख ३ हजार, ससर्त अनुदान संघबाट २५ करोड २३ लाख ३ हजार, प्रदेशबाट प्राप्त ९५ लाख आन्तरिक स्रोतहरू भूमिकर/मालपोत, घरबहाल कर, बहाल बिटौरी कर, सवारीसाधन करसहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौज्दातबाट पूर्ती गरिने छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !