जनकपुरधाम, असोज १५ गते । मधेश प्रदेशका सांसद शेषनारायण यादवले अहिले देशमा जारी राजनीतिक र धार्मिकद्वन्दबाट उन्मुक्तिका लागि सत्य अहिंसाका पूजारी महात्मा गान्धीको विचार र सिद्धान्त अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सोमवार अन्तराष्ट्रिय अहिंसा दिवस तथा १५४ औं महात्मा गाँधी जन्मजयन्तीको अवसरमा जनकपुरधाममा श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘आजको सन्दर्भमा गान्धीको विचार गोष्ठी’ कार्यक्रम उनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद यादवले अहिले देशमा व्याप्त राजनीतिक र धार्मिकद्वन्दबाट उन्मुक्ति पाउन महात्मा गान्धीको विचार र सिद्धान्त अवलम्बन गर्नुपर्ने आवश्यकता छ । तात्कालिन समयमा जसरी गान्धीको विचार र सिद्धान्तले प्रजातन्त्र स्थापना भयो, अहिले पनि देशका नेताहरुले त्यो अवलम्बन गरे देशले निकास पाउनेछ ।

उनले भने तात्कालिन समयमा गान्धीको सत्याग्रह आन्दोलन सहित विचार र सिद्धान्तले ब्रिटिश शासनबाट भारत मुक्त भएको थियो । उनकै विचार र सिद्धान्तलाई अपनाएर तात्कालिन समयमा नेपालबाट निर्वासित भई भारत पुगेका बिपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायतका स्वतन्त्रता सेनानीहरु प्रजातान्त्रिक आन्दोलनले जहाँनिया राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी इन्जिनीयर प्रकाशचन्द्र साहले गान्धीको विचार र सिद्धान्त बारे प्रकाश पार्दै धर्मनिरपेक्षले गर्दा जसरी आज भारत बरबाद भइरहेको छ त्यसरी नै नेपालमा पनि बरबाद हुन लागेको भनी दुख व्यक्त गरे । पुस्कालयका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा समाजसेवी कृष्णचन्द्र साह वडाध्यक्ष पुण्यप्रसाद यादव लगायतका वक्ताहरुले पनि गान्धीको योगदान बारे आ आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा स्थानीय श्री जनता मावि बेल्ही र श्री माध्यमिक विद्यालय मुजेलियाका कक्षा ८ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका करीब डेढ दर्जन छात्रछात्रालाई सम्मान गर्दै ग्रामर र डिक्सनरी लगायका पुस्तकले पुरस्कृत गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !