जनकपुरधाम, साउन २२ गते । सुजुकीको जिम्नी र फ्रोन्क्स नामक चारपांग्रे गाडी जनकपुरधाम स्थित अधिकृत विक्रेता रामजानकी ट्रेडर्सले बजारमा ल्याएको छ ।
रामजानकी ट्रेडर्सले एक कार्यक्रमको आयोजना गरी जनकपुरधाम बजारमा सुजुकीको यी दुई चार पांग्रे गाडीको लञ्च गरेको हो । सुजुकीको जिम्नी अन्तर्राष्ट्रिय बजारमा प्रतिक्षित र फ्रोन्क्स नयाँ जेनरेशनको गाडी रहेको रामजानकी ट्रेडर्सका संचालक प्रमोद साहले जानकारी दिए ।
जिम्नी गाडीलाई हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित, पर्याप्त बडी एंगल र ग्रउण्ड ििक्लयरेन्स लगायतका फिचरले आकर्षक बनाएको उनले बताए । त्यस्तै फ्रोन्क्सको आकर्षक लुक स्पोर्टी मोडेलका कारण युवाहरुलाई अकार्षित गर्ने उनको भनाई छ ।

जिम्नीको बजार मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैया र फ्रोन्कसको ३९ लाख ९९ हजार ९९९ रुपैयादेखि शुरु रहेको छ । अफरोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै सुविधाहरु दिएको साहले बताए ।
सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रामजानकी ट्रेडर्स लगायतका व्यवसायिक प्रतिष्ठानको कारोबारले जनकपुरधामको बजार व्यवसाय तथा आर्थिक चलयमान हुँदा विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिसरमण साह, उपाध्यक्ष अम्बुप्रसाद साह, जनकपुरधाम वडा नम्बर ३का वडाध्यक्ष दिपेन्द्र साह, एमालेको जनकपुरधाम नगर अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !