Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

समानुपातिक सांसदहरु भन्छन् – पार्टी र सरकारबाटै विभेद


समानुपातिक सांसदहरु भन्छन् – पार्टी र सरकारबाटै विभेद

जनकपुरधाम, साउन १७ गते । मधेश प्रदेशका पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिकका महिला र दलित सांसदहरुलाई संसदीय बजेटदेखि रोस्टममा बोल्नेसम्म विभेद गर्दै आएको अनुभव सुनाएका छन् ।

बुधवार प्रदेश सभाको समन्य र यूएनडीपीको सहयोगमा सिआईसीद्वारा जनकपुरधाममा आयोजित अनुभव आदान प्रदान कार्यक्रममा पूर्व तथा वर्तमान सांसदहरुले समानुपातिक सांसदहरुलाई सम्बन्धित पार्टी र सरकारले हेप्ने गरेको भने ।

कार्यक्रममा सहभागी सबै समानुपातिक सांसदहरुले सरकारले समानुपातिक सांसद भनेर प्रत्यक्षको एक तिहाई बराबर मात्र एक करोड संसदीय बजेट दिने गरेको भन्दै बढाउन माग गरे ।

उनीहरुले प्रत्यक्षतर्फका सांसदहरु मात्र एउटा निर्वाचन क्षेत्रका मत लिएर जितेका हुन्छन । तर आफूहरु ८ वटै जिल्लाबाट मत पाएर निर्वाचित भएका छौं सोही अनुरुप संसदीय बजेट व्यवस्थापन गर्न माग गरे ।

भाग्यश्री चौधरीले भनिन् महिला र पुरुष सामान रहेको भनिएपनि आफूहरु प्रत्यक्षभन्दा बढी मतले निर्वाचित भएपनि सरकारले समानुपातिक भनेर हेप्दै प्रत्यक्षको तुलनामा मात्र एक तिहाई बजेट दिने गरेका आरोप लगाउंदै प्रत्यक्ष सरह नै तीन करोड रुपैया संसदीय बजेट दिनुपर्ने माग गरिन् ।

सांसद शहीदा खातुनले प्रत्यक्षतर्फका सांसदको घरमा २÷४ जना कार्यकर्ता योजना माग्ने गरेको होला । तर आफू कहाँ त ८ वटै जिल्लाका १५/२० बिहानदेखि रातिसम्म पार्टीका कार्यकर्ताहरु योजना माग्ने आउने गरेको र प्रदेशभरिकै जनताले माननीयज्यू तपाईको पार्टीलाई मत दिएको भनी कोही सडक त कोही मन्दिर कोही विद्यालय लगायतका योजना माग्ने गरेकाले मात्र एक करोडको बजेटमा काम गर्न नसक्दा दुख लाग्ने गरेकाले सरकारले ८ करोडसम्म बजेट दिनुपर्ने माग गरे ।

सांसद ललिता दासले जनताले समानुपातिकतर्फ कुनैपनि पार्टीलाई पार्टी हेरेर होइन प्रस्तावित उम्मेदवारको क्लस्टर, जात र समुदाय हेरेर मत दिने गरेकाले आफू प्रत्यक्षभन्दा बढी मत लिएर निर्वाचित भएको दाबी गरिन् । उनले आफूहरु प्रदेशका आठवटै जिल्लामा गएर आफ्ना जात, समुदाय र नातेदार कहाँ गएर मत माग्न दिनरात मेहनत गरेका कारण आफू निर्वाचित हुन सफल भएकाले ८ वटै जिल्लाबाट योजना माग्ने गरेकाले सरकारले कम्तिमा ८ करोडको संसदीय बजेटको व्यवस्था गर्नुपर्ने माग गरे ।

साथै उनले जुन जनताले प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिएका छन, त्यही जनताले समानुपातिक उम्मेदवारलाई मत दिएको छ । जब जनताले विभेद गरेको छैन भने सरकारले बजेटमा विभेद गर्नुको कारण भनी प्रश्न गरे । दलित विकास समितिको जिम्मेवारी दलित सांसदहरुलाई दिनुपर्ने माग समेत उनले गरे ।

क्लस्टर आधार हेपिदैछौं

कार्यक्रममा उपस्थित पूर्व सांसद सरस्वती चौधरीले महिला सामानुपातिक सांसद त्यसमा पनि महिला भनेर प्रदेश सभा रोस्टममा बोल्ने अवसर नदिने गरेको अनुभव सुनाईन । महिला सांसद बोल्न सक्दैन भनेर प्रमुख सचेतकले हेप्दै आएको विगतका अनुभव वर्तमान सांसदहरुलाई सुनाए ।

त्यस्तै वर्तमान सांसद ललिता दास वर रञ्जु खँगले प्रदेश सभामा पार्टी र सरकार समेतले दलित भनेर हेप्ने गरेको बताए । उनीहरुले समावेशी अन्तर्गत दलित कोटामा आफूहरुलाई सांसद त बनाइयो तर रोस्टममा बोल्नेदेखि बजेट र सरकारमा सहभागिताको सवालमा हेप्दै आएको भने । उनीहरुले दलितहरुलाई सरकारमा सहभागी नगराइएकोमा दुखेसो समेत पोखे ।

त्यस्तै सांसद शहीदा खातुनले संसदमा समानुपातिक र मुस्लिम सांसदहरुलाई रोस्टममा बोल्नेदेखि संसदीय बजेटमा पार्टीदेखि सरकारले हेप्ने गरेको अनुभव सुनाईन । सांसद भाग्यश्री चौधरीले पनि समानुपातिक सांसद भएकै कारण आफूले प्रदेश सभाको विशेष समयमा बोल्ने अवसर पाउन नसकेको दुखेसो सुनाईन ।

कार्यक्रममा सहभागी पूर्व सांसद एवं एमालेका प्रमुख सचेतक सुन्दर विश्वकर्माले समानुपातिक र महिला सांसद भनेर कहिलेपनि सांसद नहेपिएको दाबी गरे । उनले भने संसदको विशेष समयमा सम्बन्धित विधेयक र विषयवस्तुमा बोल्न अध्ययन एवं अनुभवको आवश्यकता भएकाले समानुपातिक मात्रै होइन प्रत्यक्षतर्फका सांसदहरुले पनि अवसर पाउंदैन । उनीहरुले शून्य समयमा बोल्न सक्छन भने ।

कार्यक्रमका अध्यक्षता गरेका प्रदेश सभामुख रामचन्द्र मण्डलले अनुभव आदानप्रदानले ज्ञान र सिकाईमा वृद्धि हुने भएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे । रोस्टममा पार्टीले बोल्ने अवसर नदिने गरेकोमा आरोपमा सभामुख मण्डलले पनि विशेष समयमा अवसर नपाउनेहरुका लागि शून्य समयको प्रावधान बनाइएकाले त्यसमा बोल्न आग्रह गरे ।

कार्यक्रममा पूर्व सांसद सीता गुरुङ्ग, वर्तमान सांसद शारदा दास, किशोरी देवी र रमिता प्रधानले पनि संसदीय बजेटमा विभेद गरेको भनी बढाउनुपर्ने प्रदेश सरकारसँग माग गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० श्रावण १७, बुधबार २३:३०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० श्रावण १७, बुधबार २३:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० श्रावण १७, बुधबार २३:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० श्रावण १७, बुधबार २३:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० श्रावण १७, बुधबार २३:३०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० श्रावण १७, बुधबार २३:३०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव