महोत्तरी । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि महोत्तरीको भंगहा नगरपालिकाले अनुमानित ५९ करोड रुपैयाँ बजेट ल्याएको छ । आइतबार नगरपालिकाको १२ औं नगरसभामा मेयर संजिव कुमार साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई समेटेर ५८ करोड ९७ लाख १८ हजार अनुमानित बजेट तथा नीति तथा कार्यक्रम ल्याएको हो । सशर्त अनुदान तर्फ २३ करोड, प्रशासनिक खर्च र अन्य चालू तर्फ ११ करोड २३ लाख १८ हजार, पूर्वाधार निर्माण तथा अन्य योजना कार्यक्रम तर्फ २४ करोड २१ लाख र प्रदेश विशेष एवं सम्पूरक अनुदान तर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको मेयर साहले बताए ।

बजेट स्रोत संघीय सरकारबाट प्राप्त अनुदान ४८ करोड ९२ लाख १८ हजा, आन्तरिक राजश्व तथा आम्दानी ८ करोड र प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड ५ लाख रुपैयाँ रहेको छ । नगरसभामा उपमेयर शान्ति कुमारी सिंहसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत डा.श्रवण कुमार साह लगायत कर्मचारीहरुको सहभागीता थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !