Thursday, June 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दाइजोका कारण महिलाको हत्या गरिएको आरोप


दाइजोका कारण महिलाको हत्या गरिएको आरोप

जनकपुरधाम, ८ जेठ । दाइजोका कारण धनुषामा एक महिलाको हत्या गरिएको मृतकका माइती पक्षले आरोप लगाएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा बस्दै आएका श्रीमान, सासु, ससुरा र देवर मिलेर महिलाको हत्या गरेको उनको माइती पक्षले आरोप लगाएको हो ।

जिल्लाको नगराइन नगरपालिका–८ खिरखिरिया बस्ने विनोद प्रसाद साहकी २२ वर्षीया छोरी आरतीकुमारी साहको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदन मोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर हत्या गरेको मृतकका बुबा विनोद प्रसाद साहले आरोप लगाएका छन् ।

करिव दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए । यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान, ससुरा र सासु मिलेर थप दाइजो माग गर्दै आएको बताउँदै विनोदले भने, ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाब दिँदै आएका थिए ।’

‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरै पटक रकम पनि दिए, उनले भने, ‘आइतबार उसको श्रीमान्, ससुरा, सासु र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेका हुन् ।’

स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएको थियो, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’

उनले विगतमा पनि पटक पटक थप दहेजका लागि आरतीलाई उनीहरुले दबाब र कुटपिट गर्दै आएको दाबी गरे । १२ दिन अघिमात्र आरतीलाई माइतीबाट बोलाएर लगेको र आइतबार साँझ पुनः दहेजकै रकमका लागि उसको टाउको लगायत शरीरको विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ ।

आरतीका ससुरा, श्रीमान र सासुले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइएपनि घटना भने दिनमै घटाइएको जिकिरसमेत गरेका छन् ।

उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक पटक उनीहरुबिच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानिवेहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिएपनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।

यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेकोले उनी मध्यान्ह १२ बजेसम्म बेडमै रहेको सुनाए ।

उनले भने, ‘हिजो आरतीलाई सञ्चो थिएन, उनी १२ बजे सुतेर उठिन, मैले उसलाई खाना खान आग्रह गरें । तर, उनले मानिनन् । उल्टै मलाई नै गाली गर्न थालिन । सोही क्रममा आवेशमा आएर मैले उसलाई एक झापड हिर्काएर म घरबाट निस्किहाले । साँझ घर जाँदा आरतीलाई खोजें । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझें । बाहिरबाट धेरै पटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडरे हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’

यता, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।’ यसैबिच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोेहन साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

२०८० असार १९, मंगलवार ०९:२३
जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

२०८० असार १९, मंगलवार ०९:२३
बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

२०८० असार १९, मंगलवार ०९:२३
मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

२०८० असार १९, मंगलवार ०९:२३
उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता
Blast News

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

२०८० असार १९, मंगलवार ०९:२३
हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग
Blast News

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

२०८० असार १९, मंगलवार ०९:२३

ताजा खबर

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

उपचारित बाँसको घर निर्माणमा इन्जिनियरिङ विद्यार्थीको सहभागिता

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

हरवाचरवाको लगत संकलन गरी पुनःस्थापना गर्न माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव