जनकपुरधाम, १९ बैशाख । विद्युत सर्ट भएर जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ ।
मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको प्रतिलिपी फाँटमा मंगलबार विहान करिब ५ बजेर ४० मिनेटमा विद्युत सर्ट भई आगलागी भएको जनाइएकाे छ ।
आगलागीबाट प्रतिलिपी फाँटको कम्प्यूटर, प्रिन्टर, स्क्यानरमा क्षति पुगेको प्रशासकीय अधिकृत राजकुमार थापाले जानकारी दिए । उनले आगो निभाउने क्रममा राहदानी फाँटका कम्प्यूटर, प्रिन्टर, स्क्यानर समेतमा क्षति पुगेको बताए ।

साथै उनले श्रेस्ता फाँट र सर्भरमा प्रविष्ट भएको तथ्याङ्कमा भने कुनै क्षति नभई सबै तथ्याङ्कहरु सुरक्षित रहेकोसमेत जानकारी दिए ।
यसैबिच, आगलागीका कारण कार्यालयमा क्षति पुगेकाले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह बन्द गरिएको छ । प्रशासकीय अधिकृत थापाले अर्को सूचना नहुञ्जेल जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाह बन्द रहने जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !