जनकपुरधाम, कात्तिक ३० गते । संघियता र नागरिकता विराेधी प्रतिगामी शक्तिलाई नेपाली हराएमा मात्रै देश समृद्ध हुन सक्ने धनुषा ४ (क) का उम्मेदवार शेषनारायण यादवले दाबी गरेका छन ।
बुधवार धनुषाकाे कुर्थामा आयाेजित चुनावी सभादाई सम्बाेधन गर्दै सतारूढ गठबन्धनबाट कांग्रेसका उम्मेद्वार यादवले देशकाे समृद्धी र समुचित विकासका लागि प्रतिगामी शक्ति र अग्रगामी शक्ति कसलाई जिताउने जनतालाई अवसर आएकाे बताए ।
उनले भने एकतर्फ नागरिकता र संघीयता विराेधी कथित मधेशिया दलकाे संगै हिडेका प्रतिगमनकारी दल रहेकाे छ भने अर्काेतर्फ नागरिकता समस्या समाधान सहित समुचित विकास गर्ने लाेकतान्त्रिक वाम गठबनणधन अब कसलाई जिताउने निर्णय जनताकाे हातमा रहेकाे छ ।
यादवले मधेशीकाे टाउकाे र छातीमा गाेली हान्न लगाउने र गाेली खान अधिकारकाे नाम धकेल्ने कथित मधेशिया दल अहिले दुवै शक्ति एक भएका छन, यिनीहरूलाई जिताए मधेशीलाई फेरि अधिकारकाे नाम संकटतर्फ धकेल्न सक्ने भएकाले कांग्रेस सहितका गठबन्धन दलका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
यादवले भने म पनि मधेशीलाई अधिकार सम्पन्न बनाउने सपना बाेकेर १५ वर्ष कथित मधेशिया दल जसपा लागेकाे थिए । तर सताका लागि एक्कासी विचार र सिद्धान्त नमिल्ने दल एमालेसंग सांगाठ गरेपछि लाेकतान्त्रिक पार्टी कांग्रेसमा आएकाे भन्दै देशका स्थायी शान्ति तथा विकासा लागि कांग्रेस बाहेक अर्काे विकल्प नरहेकाे भनी कांग्रेसकाे पक्षमा मतदान गर्न आग्रह गरे ।
उनले आफुलाई जिताए नागरिकता समस्या समाधानका लागि पहल गर्नुका साथै राेजगार सम्बन्धी कानुन निर्माणमा जाेड दिने विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार संग समन्वय गर्ने प्रतिबद्धता समेत जनाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !