जनकपुरधाम, कात्तिक १८ गते । भ्रष्टाचार मुक्त, सबल र सक्षम प्रदेश बनाउन सहयोग गर्न धनुषा क्षेत्र नम्बर ३ (२) का उम्मेदार दिपेन्द्र ठाकुरले अपिल गरेका छन ।
शुक्रवार जनकपुरधाम वडा नम्बर १२ कुवामा घरदैलोको क्रममा उम्मेदवार ठाकुरले प्रत्येक घर घरमा गई मत माग्दै भ्रष्टाचार मुक्त, सबल र सक्षम प्रदेश बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेकोले एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
ठाकुरले प्रत्येक घर घरमा गई युवादेखि वृद्धासम्मबाट सम्मान प्राप्त गर्दै आग्रिम जितको शुभकामना प्राप्त गरेका छन । स्थानीय मतदाताहरुले मधेशी दलको सरकार बनेपछि आफूहरु विकास हुन्छ भन्नेमा ढुक्क थिए । तर ती सरकारमा बसेका व्यक्तिहरु कोही साइकल त कोही स्वच्छता अभियानका नाममा प्रदेशलाई लुटेको गुनासो गरेका थिए ।
तिनीहरुले अब निर्वाचनबाट दल र व्यक्तिभन्दा पनि स्वच्छ छवि र भिजन भएका व्यक्तिलाई जिताउन सक्केसम्म प्रयास गर्ने बताएका थिए । सो घरदैलोको क्रममा ठाकुरलाई ठाउँ ठाउँमा स्थानीय मतदाताले फुलमालाले समेत स्वागत गरेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !