जनकपुरधाम, भदौ २७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउंदो निर्वाचनमा एमाले सँग डराएर सत्ता गठबन्धनले चुनावी गठबन्धन गर्न लागेको बताएका छन ।
सोमवार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन अध्यक्ष ओलीले भने मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सत्ता गठबन्धन डराएको टिप्पणी गरे ।
उनले भने पांचदलीय गठबन्धनले जति गठबन्धन गरेपनि एमाले कसैसंग कुनै गठबन्धन नगरी एक्लै ती गठबन्धनसँग भिडने छ । उनले भने एमाले पार्टी कसैको सहारामा चल्ने पार्टी नभई एक्लै लड्ने पार्टी रहेको भन्दै लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन । तर केही पार्टीलाई रेस्क्यु गर्ने गर्नेछ ।
कार्यक्रममा अध्यक्ष ओलीले आउंदो निर्वाचन देशका महत्वपूर्ण रहेको भन्दै पांचदलीय गठबन्धनको हातमा सत्ता गयो भने देश नै बरबाद हुने भन्दै एमालेले मात्रै देशलाई समृद्ध बनाउन सक्ने दाबी गरे ।
उनले भने देशमा चुनाव मात्र होइन व्यवस्था पनि प्रजातन्त्र, पंचायती, बहुदलीय र गणतन्त्र सहितका कयौं व्यवस्था आएपनि देश विकसित र समृद्ध हुन सकेन । तर मंसिर ४ गते हुने निर्वाचनले देशका लागि महत्वपूर्ण रहेको छ ।
नेपाली जनताले होस पुरयाएन भने यदि सत्ता पांचदलीय गठबन्धनको हातमा गएपछि त सांस्कृतिक, धार्मिक र राजीतिक रुपले मात्र नभई आर्थिक र समृद्धिले पनि ध्वस्त पार्नेछ । त्यसैले एमालेले जित्नैपर्छ र आफूलाई विश्वास छ जनताले एमालेकै नेतृत्वमा सत्ता सुम्पिनेछ ।
नागरिकता विधेयकको प्रसंगमा बोल्दै ओलीले नागरिकता समस्या समाधानका लागि अहिले पनि एमाले नै सबैभन्दा बढी गम्भिर रहेको दावी गरे । उनले भने यदि जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिने व्यवस्था ल्याए भोली नै पास गरिदिनेछौ ।
उनले भने ‘आफू २०५१ सालमा गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर नागरिकता समस्या समाधान गर्ने प्रयास गरे, आफू प्रधानमन्त्री रहँदा समितिको सभापतिले रोकेको रोक्यै गरे, संविधान बमोजिम अध्यादेशबाट कानून ल्याए तर गठबन्धनकै नेता कारण त्यो पनि रोकियो ।’
अहिले ती गठबन्धन दलहरुले विधेयक ल्याएर संसदमा छलफल नै नगर्ने, राष्ट्रपतिले उठाएका कुराहरु नमान्ने यस्तो हैकमवादी प्रवृति लोकतन्त्रमा चल्दैन । एमालेले नागरिकता विधेयकको बिरोधमा रहेको गठबन्धनका नेताहरुलाई जनता अल्मलाएको कारण मात्रै अडकिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !