जनकपुरधाम, साउन २९ गते । भुमिहार जातिकाे जातिय संगठन ब्रम्हर्षि समाजको केन्द्रिय अध्यक्षमा विजय कुमार चौधरी निर्वाचित भएका छन् ।
चौधरीले २३४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकाे छ भने निकटतम प्रतिद्वन्द्वी बृजेन्द्र मिश्र (बुलन) ले ९२ र चन्द्रिका ठाकुरले ८ मत मात्र पाएका छन् ।
त्यस्तै समाजको उपाध्यक्षद्वयमा चाैधरी प्यानलकै अभिराम कुमार ठाकुर र गोविन्द राय चन्दन निर्वाचित भएका छन् । ठाकुरले २१८ र चन्दनले १९९ मा पाएका छन् भने उपाध्यक्षका अन्य उम्मेदवारहरु रंजित प्रसाद शर्माले १०९ र सीताराम ठाकुरले ९० मत प्राप्त गरेका छन् ।
सचिवमा राममुर्ति पाण्डेले २३३ मत ल्याएर निर्वाचित भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी राम सुन्दर ठाकुरले ९० मत मात्र पाएका छन् ।
सह–सचिवमा शत्रुधन ठाकुर २२४ मत प्राप्त गरेर निर्वाचित भएका छन भने कोषाध्यक्षमा दिपेन्द्र कुमार ठाकुर २३९ मत पाएर विजयी भएकाे छ ।
त्यस्तै, समाजको सदस्यहरुमा रविन्द्र कुमार चौधरी (२३३), मनोज कुमार मौवार (२३२), सञ्जिव कुमार झा (२४०), नबिन कुमार पाण्डे (२४१), अमर कुमार पाण्डे (२०५), मनोज कुमार ठाकुर (२२९) र सुमन कुमार ठाकुर (१८३) मत ल्याई निर्वाचित भएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !