जनकपुरधाम, जेठ ६ गते । महोत्तरीको औरही नगरपालिकाको प्रमुख र उप प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् ।
सम्पन्न भएको मतगणना परिणाम अनुसार औरही नगरपालिकाको प्रमुखमा लोसपाका प्रदिप कुमार खडका र उपप्रमुखमा पुनः दोस्रो पटक लोसपा कै रेनु झा विजयी भएकी छिन्।
खडकाले ६ हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर विजयी भएको औरही निर्वाचन अधिकृत सरोज कुमार गोइतले बताए।
नगर प्रमुख खडका ३सय२० र उपप्रमुख झा २सय ३ मतले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विजयी भएका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !