पोखरा । जिल्ला अदालत कास्कीमा तोडफोड गरेको आरोपमा दावा भनिने अर्जुन परियार पक्राउ परेका छन् ।
मंगलबार राती अदालतको १ नम्बर च्याम्बर, ६ नम्बर इजलास, बेन्च र दराज फोर्ने व्याक्तिलाई प्रहरीले पक्राउ गरेका दावालाइ बिहीबार सार्वजनिक गरेको हो ।
धादिङ्ग घर भई हाल पोखरा १५ टुटुंगा बस्दै आएका २७ वर्षिय दावाले ताला तोडेर अदालतभित्र पसी अदालतको इजलास र च्याम्बरको ढोकासँगै रहेको दराज तोडफोड गरी लागूऔषध र नगद खोजेको जिल्ला प्रहरी कार्यालय कास्की एसपी प्रमुख रमेश थापाले जानकारी दिए ।
लागू औषध सेवन गरी लठ्ठिएको बेला आफुले अदालतको ताला तोडफोड गरी दराजमा लागूऔषध राखिएको हुन् सक्ने भन्दै खोजी गरेको तर नभेटाएपछि दावाले रितै फर्केकाे आराेपितले बयान दिएकाे प्रहरीले जनाएकाे छ ।
लागूऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएर केही दिन अघि मात्र छुटेका परियारले मंगलबार राती फेरी कास्की जिल्ला अदालतको ढोकाको ताला तोडफोड गरेको हाे ।
उनी यसअघि ८ पटक लागुऔषध, अभद्र व्यवहार लगायतका मुद्दामा पक्राउ परिसकेको प्रहरी प्रमुख थापाले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !