जनकपुरधाम, जेठ ५ गते । सोमवार एकैदिन ६२ जनामा कोरोना पुष्टि भएसंगै देशभरिमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।
बिहानै रौतहटमा ८ र बारामा १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको जनाएको थियो । बारामा संक्रमित भेटिएका पत्रकार रहेको बुझिएको छ ।
केही घण्टा नबित्दै दिउंसो बांकेमा ४७ जना सहित एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको मन्त्रालयले अर्को विज्ञप्ति जारी जनाए ।
मन्त्रालयका अनुसार बाँकेमा मात्र ४७ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला रहेका छन् । त्यसैगरी यी बाहेक धनुषा, मोरंग, गुल्मी, दाँग, धादिंग, रौतहटमा १/१ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।
यिनीहरुको उमेर समूह १८ देखि ३६ वर्षसम्मको रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !