Thursday, August 20, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमहागरपालिकाको कोषमा करोडौ रुपैया जनता भोकमरीमा

कोरोनाबाट मर्छु कि मर्दैन निश्चित छैन तर त्यसअघि भोकले नै मर्छु ः गरीब मजदूर


जनकपुरधाम, चैत २३ गते । कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि जारी लकडाउनले गर्दा जनकपुरधाम उपमहानगरपालिकाका जनतालाई भोकमरी समस्या उत्पन्न भएको छ ।

हुनत विश्व सहित नेपालपनि कोरोना भाइरसको मार झेलिरहेका छन । तर खासगरी प्रदेश २ का राजनधानी समेत रहेका जनकपुरधामका जनतालाई कोरोना भाइरस महाकारीको प्रकोपभन्दा बढी अहिले भोकमरी समस्याले सताएको छ ।

नगरका सयौं गरीब असहाय, दलित र दैनिक ज्यालादारी गर्ने मजदूरका परिवारलाई लकडाउनको १३ औं बित्दासम्म उपमहानगरपालिकाले एक करोड भन्दा बढी रकम कोषमा रहेपनि कुनै प्रकारको राहत सामाग्री उपलब्ध गराएको देखिदैन । हुनत उपमहानगपालिकाका केही वडाले विभिन्न संघ संस्था र दाताको सहयोगमा समान्य रुपमा खाद्यान्न राहत वितरण गरिरहेको छन तर त्यो अपुग छन ।

कोरोना भाइरस विरुद्ध लड्न जनकपुरवासी सरकारले जारी गरेको लकडाउनका पालना गर्दै आएका छन । तर तिनीहरुले दुई छाकको खाना पाइरहेको छ छैन बारे उपमहानगरपालिका वा कुनैपनि निकायले सोधखोज गर्न गएको छैन । उपमहानगरको विपद व्यवस्था कोषमा ८३ लाख र प्रदेश सरकारले दिएको २० लाख रुपैया रहेपनि गरीब नगरवासीलाई भोकै बस्नुपर्ने बाध्यता रहेको छ ।

जनकपुरधाम ४ का राजा सहनीले लकडाउनका कारण भोकभोकै दिन बिताउन बाध्य रहेको बताउँछन । ठेला चलाएर आफ्नो जिविकोपार्जन गर्दै आएका सहनीलाई ठेला नगुडेपछि खाना खान समस्या भएको छ । अहिले उनको ५ जनाको परिवार एक छाक मात्र खाना खान्छन् । त्यसमाथी छोरो बिरामी परेपछि उनलाई झन समस्या भएको उनले दुखेसो सुनाए ।

विकट समस्या परेपछि सहनीले श्रीमतिको ३ पाईको सुनको मंगलसुत्र छिमेकी सँग मात्र एक हजार रुपैया बिरामी छोराका लागि औषधि र बांकी पैसाको खाद्यान्न किनेर मात्र एक समय खाना खाएर पारिवारको पेट पालिरहेका छन । उनले कोरोना रोगले मर्छु कि मर्दैन त्यो त निश्चित छैन तर भोकले मर्छु त्यो निश्चित छ गहभरी आँसु झार्दै संचारकर्मीसँग भने ।

दिनहुँ समाजिक सञ्जालमा आफूलाई समाजसेवी भनाउनेहरुले एकआध व्यक्तिलाई सामान्य राहत दिई फोटो भाइरल बनाइ रहेका छन तर सहनी जस्ता दिनदुखिलाई हेर्ने कोही छैन । सहनी मात्र सहनी जस्ता उपमहानगरपालिकामा हजारौ यस्ता परिवार छन जसलाई भोकै बस्नुपर्ने अवस्था छ ।

जनकपुरधाम बजारमा पसलमा काम गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स साना पसल थापेर जीवन व्यतित गर्ने, एकल महिला र दलित जस्ता हजारौं घर परिवार यस्ता छन जसलाई लकडाउनले गर्दा खाना पुगिरहेको छैन । प्रदेश सरकारले राहत वितरणका लागि स्थानीय तहहरुलाई रकम पठाएपनि सो रकमको सदुपयोग हुन नसकी गरीब परिवारहरु भोकै बस्दै आएका छन ।

यस्तै, लकडाउनको कारण आफूहरुको कमाउने बाटो बन्द भएको र कहीँबाट खाद्यान्न राहत समेत नपाएको माछा मार्ने काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बस्ने रामप्रसाद सहनीले दुःखेसो पोखे । उनले घरमा राशन नरहेकोले बाँच्नै मुश्किल हुन थालेको बताएका छन् ।

घरमा भएको चामल सकिएको र बाहिरबाट किनेर ल्याउने पैसा नभएकोले दुई दिनदेखि भोकै बस्नु परेको मजुदुर सुबोध मण्डलले बताए । घरमा ५ जनाको परिवार भएकोले दैनिक मजदुरी छुटेपछि अहिले रोगले भन्दा पनि भोकले आफुहरु मर्ने अवस्था आएको उनले व्यथा सुनाए ।

घरबाट बाहिर ननिस्कन भनेको र खाना, पानी केही नपाएर भोकभोकै मर्नु पर्ने अवस्था आएको अर्की मजदुर कमला श्रेष्ठले भन्छिन । सरकारले घरभित्रै बस भनेको आफुहरुले पालना गर्दा अहिले आफुहरु भोकै बस्नुुपर्ने अवस्था आएको र छोराछोरीलाई चामलको माड खुवाएर ज्यान जोगाई रहेको करुण व्यथा सुनाईन ।

सरकारले प्रचारमुखी मात्र राहत वितरण गरेको जनकपुरधाम–४ का कृपाल मुखियाले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिकामा लकडाउनको १३ दिन बितिसक्दा समेत अहिलेसम्म यस्ता दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका लागि न त राहतको व्यवस्था गरिएको छ न त उनीहरुको कुनै खोजखबर नै ।

यता उपमहानगरपालिकाले लकडाउनको ११ औं दिन शुक्रवार एक बैठक गरी वडाअध्यक्षहरुलाई गरीब परिवारको लगत उपलब्ध गराउन मांग गरे । सो निर्णय अनुसार लगत आउँदासम्म दोश्रो चरण लकडाउनको अवधि मात्र एक दिन हुन्छ । वडाध्यक्षहरुले पनि स्थलगत निरिक्षण नगरी राजनीतिक आस्थाका आधारमा लगत संकलन गरिरहेको बुझिएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव