Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चिनियाँ कर्मचारी बलजफ्ती छिरेपछि स्थानीयबीच झडप


जनकपुरधाम, चैत १९ गते । विश्व नै कोरोना भाइरसको महामारीको मार झेलिरहेको अवस्थामा सबै मुलुकले लकडाउन गरी विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको अवस्थामा चिनियाँ व्यक्तिहरु नेपाल छिरेका छन ।

लम्जुङ्गको न्यादी जलविद्युत आयोजना लगायत विभिन्न आयोजनामा कार्यरत चिनियाँ कर्मचारीहरु लकडाउनको अवधिमा नेपाल छिरेपछि स्थानीयबीच झडप समेत भएको छ ।

विभिन्न संचार माध्यमले प्रकाशन गरेको समाचार अनुसार कोरोना भाइरसको उच्च जोखिममा देश रहेपनि पछिल्लो पटक बलजफ्ती चिनियाँ कर्मचारी छिरेपछि झडप भएको छ ।

नयाँपत्रिका डेलीका अनुसार लमजुङको मस्र्याङ्दी गाउँपालिका ६ ठूलोबेंसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरको चिनियाँ निर्माण कम्पनीमा कार्यरत कर्मचारी र स्थानीयबीच झडप भएको छ । लकडाउनका वेला गाउँको बाटो भएर आयोजनाले निर्माण सामग्री बोकेको ट्रक गुडाएको भन्दै स्थानीयले विरोध गरेपछि सोमबार झडप भएको र सामाग्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँ हुँदै ट्रक भित्र्याउन खोजेपछि स्थानीय युवाहरूले अवरोध गरेका थिए । स्थानीयको अवरोध हटाउन कम्पनीका कर्मचारी स्थानीयमाथि जाइलागेपछि झडप भएको स्थानीय करण थापा बताउँछन् ।

यसअघि पनि कोरना संक्रमित मुलुक चीनबाट कामदार गाउँ आएको भन्दै स्थानीय आक्रोसित बनेका थिए । सरकारले निर्माण कार्य रोकेर लकडाउनलाई कार्यान्वयन गर्न आग्रह गरिरहेका वेला काम नरोकी गाउँलेलाई त्रसित बनाएको स्थानीय थापा बताउँछन् ।

सरकारले सबै मुलुकका नागरिकका लागि प्रतिबन्ध लगाएपनि चिनियाँ नागरिकमा निगरानी नगरेको कारण लकडाउन अवधिमा तिनीहरु लकडाउन तोडेर प्रवेश गरेको र त्यसले स्थानीयमा त्रासको माहौल बनाएको छ ।

स्थानीय जनप्रतिनिधी डिलमाया थापाका अनुसार हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चीनियाँहरु कुटपीट गरयो ।

स्थानीयले कोरोना फैलिने डरले गाँउमा अपरिचित नछिरुन भनी गाँउको नाकामा लगाएको तार जाली समेत उनीहरुले फुटाएको थापाको भनाई छ । उनले आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीँयाहरुले बल प्रयोग गर्दै छिरेको कारण स्थानीयमा आक्रोश रहेको बताईन ।

चीनिँयाहरुले हतियारसहित नेपालीहरु माथि आईलागेको लम्जुङ्गको यो घटना पहिलो होइन् । यसअघि पनि उनीहरुले कयौं पटक घटना दोहो¥याइसकेका छन् । अपराध गर्ने, अत्याचार गर्ने र नेपालीले बोलपछि उल्टै जाइलाग्ने उनीहरुको आदत जस्तै बनेको स्थानीयको आरोप छ ।
यो समाचार नयाँपत्रिका डेलीका साथै हाम्राकुरा लगायतका संचारमाध्यमहरुले प्रकाशन गरेको छ ।

पछिल्ला केही घटना

यसअघि गत फागुन २९ मा नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्दा ४ जना चिनियाँ नागरिकहरु पक्राउ पनि परेका थिए । काठमाडौँको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई दादागरी शैलीमा खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको अभिलेखमा उल्लेख छ ।

नयाँ बर्षको छुटटी मनाएर नेपाल पर्किएका ती चीनिँया व्यवासायीहरुले ग्राहकको विषयलाई लिएर विवाद भएको थियो । सो घटना बारे विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि नेपालस्थित चीनिँया राजदूत यान्छी होउले एक प्रेस वकतव्य जारी गरी काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने धम्की समेत दिएकी थिइन् । यान्छी यो क्रियाकलापले नेपाली प्रेस स्वतन्त्रतामाथि चिनियाँ सरकार हाबी भएको भनी चर्को आलोचना भएको थियो ।

त्यस्तै पोखरा विमानस्थलको निर्माणमा खटिएका चिनियाँ कर्मचारी नयाँ वर्ष मनाएर फर्कदा क्वारेन्टाईनमा नबसी आफ्नो गणतव्यमा गयो । पछि तिनीहरुलाई ज्वारो सहितका कोरोनाको लक्षण देखिएपछि नेपाली कर्मचारीले क्वारेन्टाईनमा बस्न आग्रह गर्दा तिनीहरु काम रोकेर क्वारेन्टाईनमा बसेका थिए ।

चीनको वुहानबाट उत्पति भई संसारभर फैलिएको कोरोना भाईरसको संक्रमणले विश्वका करीब २ सय मुलुक पीडा भोगिरहेका छन । यस्तो अवस्थामा चिन आवागमनमा महामारी सुरुवात भएकै अवस्थामा रोक लगाउनुपर्नेमा मार्चको पहिलो सातासम्म औपचारिक रुपमा जारी नै रहयो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव