जनकपुरधाम, चैत १९ गते । कोरोना भईरस रोकथामका लागि जारी लकडाउनले प्रभावित गरीब, असहाय र दैनिक ज्यालादारी कामदार परिवारलाई मिसन दहेज मुक्त समाजले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका छन ।
तराई मधेशमा रहेको दाईजो प्रथा विरुद्ध विभिन्न अभियान चलाउदै आएका समाजले कोरोना प्रभावित १ हजार गरीब परिवारलाई ५ किलो चामल, २ किलो आलु,१ किलो प्याज, खाने तेल, नुन लगायतका खाद्यन्न समाग्री वित्तरण गरेको हो ।
लकडाउनको अवधिमा कसैलाई पनि भोखै बस्न नपरोस भन्ने उद्देश्यले समाजले जनकपुरधाम उपमहानगरपालिका १९ वेङगाशिवपुरमा, थुनौना, वडा नम्बर ५ र ६ रहिमपथ, वडा नम्बर ८ पगलाबावा धर्मशाला, वडा नम्बर १६ कपिलेश्वर लगायतका गरिव, असहाय र मजदुरहरुलाई राहत वित्तरण गरेको समाजका अध्यक्ष मोहम्म्द जवार नुरीले बताए ।
अध्यक्ष नुरीको नेतृत्वमा समाजका संरक्षण साजिद हुसेन, महासचिव ईद मोहम्मद साफीले विभिन्न स्थानमा प्रहरी प्रशासनको रोहबरमा ति समाग्री वित्तरण गरेका छन् । समाजले पछि थप घर परिवारलाई खाद्यान्न राहत वितरण गर्ने जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !