काठमाडौ, चैत १७ गते । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित नेपाली अर्थतन्त्रलाई उकाल्न बैंक तथा वित्तीय संस्था तथा ऋणिहरुका लागि १९ बुँदे राहत प्याकेज घोषणा गरेको छ ।
राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा कार्यकारी निर्देशक र राष्ट्रबैंकका वरिष्ठ अधिकारीहरुको छलफलबाट राहत प्याकेज ल्याएको हो ।
राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कुल निक्षेप दायीत्वको ३ प्रतिशत कायम गर्न निर्देशन राहतको प्याकेजमा दिएको छ भने राष्ट्रबैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराउने कर्जाको ब्याजदर (बैंकदर) ५ प्रतिशत कायम गरेको छ ।
ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधा दर ५ प्रतिशत, नीतिगत दरको रुपमा रिपो दरलाई ३.५ प्रतिशत र तल्लो सीमाको निक्षेप संकलन दरलाई २ प्रतिशत कायम गरिएको कामु गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिएका छन ।
त्यस्तै, केन्द्रीय बैंकले स्थापना गरेको पुनरकर्जा कोषको सीमा बढाएर रु. ६० अर्ब कायम गरिदिएको छ भने २०७६ चैत महिनामा असूल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको (क्रेडिट कार्ड समेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा बिना कुनै हर्जाना वा थप शुल्कको हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
यस्ता किस्ता असूल नभएको कारणले त्यस्तो कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नु नपर्ने सुविधा समेत दिइएको छ । चैत महिनामा अनुपालना गर्नुपर्ने नियामकीय तथा सुपरीवेक्षकीय अनुपातहरु अनुपालना नभएको खण्डमा कुनै हर्जना नलगाउने निर्णय समेत केन्द्रीय बैंकले गरेको छ ।
यस्ता छन राष्ट्र बैकको राहत प्याकेज

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !