
वीरगंज, चैत १४ गते । वीरगंजबाट लकडाउनको उल्लङघन गर्ने एक माछा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार वीरगन्ज महानगरपालिका ७ रामटोल निवासी २९ वर्षीय पप्पु साह तुरहालाई लकडाउनको उल्लंघन गर्दै माछा बेचीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
तुरहाले लकडाउनको अवज्ञा गरी घर नजिकको सडकमा ठेला राखेर माछा बिक्री गरिरहेको थियो । प्रहरीले तुरहालाई माछासहित पक्राउ गरी हिरासतमा राखेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !