जनकपुरधाम, धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मा अवैध घरेलु मदिरा सेवनले मृत्यु भएका परिवारहरुलाई क्रिया खर्चका लागि नगद र खाद्य सामाग्री सहित राहत सहयोग गरेका छन ।
अवैध मदिरा सेवनले पछिल्लो हप्ता वडा नम्बर ७ स्थित मुसहरी वस्तीका ७ जना व्यक्तिको मृत्यु भएको थियो । ती मृतक परिवार गरीब असहाय रहेको कारण क्रिया खर्चमा समस्या हुन सक्ने भनी सहयोगको उद्देश्यले ती राहत सहयोग गरिएको हो ।
वडाध्याक्ष जानकीराम साहले मृतक परिवारहरुलाई क्रिया खर्चका लागि नगद २५ सय रुपैया, २५ केजी चावल, २५ केजी आलू, साडी, धोती १/१ थान प्रदान गरेका छन ।

प्रदेश सरकारलाई मृतक परिवारहरुलाई रु. ३/३ लाखका दरले राहत दिने घोषणा गरिसकेका छन । तर त्यो कहिले भेटछ निश्चित छैन, पिडीत परिवारहरु गरीब असहाय रहेको कारण तिनीहरुलाई क्रिया खर्चमा समस्या हुन सक्छ, त्यसमा सहयोग पुरयाउने उद्देश्यले सहयोग गरिएको वडाध्यक्ष साहले बताए ।
विषाक्त अवैध घरेलु मदिरा सेवनले धनुषामा हालसम्म २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । ती मध्ये जनकपुरधाम ७ मुसहरी वस्तीमा ७ जनाको निधन भएको हो । मृत्यु हुनेहरुमा झगरु सादा, मिथिला सादा, जितेन्द्र सादा, रामरती सादा, रामो सादा लगायतका रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !