लोक समाचारदाता
काठमाडौ, फागुन २४ गते ।
काठमाडौ उपत्यकामा अहिले धमाधम सडक निर्माण तथा खाल्टाखुल्टी पुरेर मरम्मत सम्भार कार्य भइरहेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले आफ्नो सय दिने कार्यकालको अवसरमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौको कुनैपनि सडक कालोपत्रे विहिन र खाल्डाखुल्डी नरहने गरेको प्रतिबद्धता पुरा गर्न कर्मचारीलाई दिनरात खटाएका छन ।
गत पाँच दिनमा काठमाडौंमा मात्र डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ भने अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन ल्याएको दाबी गरेका छन ।
सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले मन्त्रीको ठाडो निर्देशन भएको कारण बिहीबार रातभरि काममा खटिएको बताए । उनले भने ‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।
सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !