लोक समाचारदाता
जनकपुरधाम, फागुन २३ गते ।
शान्ति सुरक्षा थप मजबूत पार्न प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले आफ्ना मातहतका प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल सहयोग गरेको छ ।
शुक्रबार मधेश भवनमा आयोजित एक कार्यक्रममाका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीलाई सो मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री यादवले सवारी साधनको अभावका बाबजुद प्रहरी प्रशासनले उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताए । उनले प्रहरी प्रशासनलाई साधन श्रोत सम्पन्न बनाउन प्रदेश २ सरकार तत्पर रहेको भन्दै प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीले उपलब्ध मोटरसाइकलको भरपुर सदुपयोग गर्दै प्रदेश २ को शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी सदैव कटिवद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !