लोक समाचारदाता
राजविराज, फागुन २२ गते ।
स्काइभेटरको ठक्करबाट सप्तरीमा एक भारतीय बालिकाको मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका ५ मलेखपुरमा स्काभेटरको ठक्करले भारतको बंगाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताएका छन ।
बालिकाका बुबा स्थानीय एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए । सोही इँटा उद्योगमा काम गर्ने स्काइभेटरले बालिकालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !