लोक समाचारदाता
जनकपुरधाम,फागुन ७ गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयले जथाभावी फोहर फ्याँकेमा १० हजार रुपैयासम्म जरिवाना लिने प्रावधान अघि सारेको छ ।
सो वडाले वडालाई स्वच्छ र सफा बनाउन फोहरमुक्त अभियान अन्तर्गत् चैत महिनादेखि आफ्नो वडामा घरधनीहरुलाई सरसफाइ कार्ड वितरण गर्न लागेको छ ।
सरसफाइ कार्ड वितरण भएपछि जथाभावी फोहोरमैला फ्याकेमा ५ सयदेखि १० हजारसम्मको जरिवाना तिर्नुपर्ने नियम सहितको प्रावधान अघि सारिएको कुरा वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिएका छन ।
साथै उनले वडा कार्यालयको कुनैपनि प्रशासनिक कार्यमा सरसफाइ कार्डको छाँया प्रतिलिपी अनिवार्य संलग्न गर्नुपर्ने समेत उनले जानकारी दिए । कार्ड वितरण गरेपश्चात वडाबासीलाई वडा कार्यालयबाट कुनैपनि सेवा सुविधा लिन आउन सरसफाइ कार्ड अनिवार्य देखाउनुपर्ने वडाअध्यक्ष सिंहले बताए ।
उनले जथाभावी फोहोरमैला फ्याकेमा सो व्यक्तिको बारेमा प्रमाण पेश गरेमा प्रमाण पेश गर्ने व्यक्तिलाई वडा समितिबाट सम्मान तथा नगर पुरस्कार प्रदान गरिने समेत बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !