लोक समाचारदाता
जनकपुरधाम, फागुन ५ गते ।
महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले समाजमा हुने विभिन्न खाले हिंसाहरु अपराध घटना रहेकोले समुदायका हरेक नागरिकलाई सचेत गराउनुपर्ने बताएकी छिन् ।
गौशाला नगरपालिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर आशा लामाले पितृसत्तात्मक समाजमा सबभन्दा बढी हिंसाको शिकार महिला हुने गरेकाले महिलाहरु सचेत हुनुपर्ने बताईन ।
अपराध रोकथाम र अनुसन्धानमा समुदायको भुमिका विषयक गोष्ठीमा बोल्दै उपमेयर लामाले पितृसत्तात्मक समाजमा महिलामाथि विभिन्न खाले लाञ्छना लगाउने गरिएकाले राज्य व्यवस्थाका कारण महिलामाथि हुने हिंसामा महिलालाई मुख्य दोषीको रुपमा देख्ने गरेको नजरीया गलत भएको बताईन् ।
गौशाला नगरपालिका ५ का वडाध्यक्ष धर्मेन्द्र साहले घरपरिवारमा हुने गरेको हिंसाको विरोध गर्दै उनले परिवारमा पुरुषको अधिकार सरह महिलाको अधिकार पनि उत्तिकै रहेकाले परिवारका हरेक सदस्यहरुले आफ्नो अधिकार र कर्तव्यको बोध गरेमा कुनै किसिमको हिंसाको शिकार कसैलाई पनि नहुने बताए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय गौशालाका असई रवीन खड्काले समाजमा हुने कुनैपनि खालका हिंसा अपराध रहेकाले यसको उपचारका निम्ति कानूनी कारवाहीका लागि न्यायिक समिति देखि प्रहरीसम्म सहजरुपमा आउनका लागि सबैमा अपिल गरे ।
समग्र जनउत्थान केन्द्र समग्रको आयोजनामा भएको सो गोष्ठी कार्यक्रममा कार्यकारी निर्देशक देवराज पोखरेलले समग्र लैंगिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण परियोजना सहज बारे जानकारी गराएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !