लोक समाचारदाता
जनकपुरधाम, फागुन ५ गते ।
गरीब तथा अतिविपन्न परिवारलाई कामाख्या परिवार नेपालले जनकपुरधाम १२ स्थित कुवामा कम्बल सहितको न्यानो लुगा र खाद्यान्न सामाग्री वितरण गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको प्रमुख आतिथ्यमा सो राहत सामग्री वितरण गरिएको जनाइएको छ । करीब सयजना दलित, गरीब र अतिविपन्न परिवारलाई सो राहत सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कणेलले कामाख्या परिवार नेपालका अध्यक्ष विभाष लाभ एवं सचिव ललिता लाभलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम जारी राख्न आग्रह गरे ।
कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, विराटनगर आभा फाउण्डेशनका अध्यक्ष आभा अनुपमा, एकाउन्टिबलिटी ल्यावका जनकराज लामा, पबिना आर्याल, सामाजिक अभियन्ता सुमित कर्ण, मनोज साह, जिल्ला प्रशासन कार्यालयका मोहन झा, कामाख्या परिवारका महासचिव महेन्द्र यादव, डा.कपिलदेव अधिकारी लगायत, शिव युवा क्लवका पदाधिकारी लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !