लोक समाचारदाता
जनकपुरधाम, फागुन २ गते ।
जनकपुरधाम स्थित नेपाल टेक्निकल इन्स्टिच्यूटद्वारा संचालित सेन्ट्रल इन्जिनीयरिंग कलेजले नयाँ भर्ना विद्यार्थीहरुको स्वागत गर्दै आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।
शुक्रवार विविध कार्यक्रम आयोजना गरी सो कलेजले प्राविधिक तर्फ नयाँ भर्ना गरेका विद्यार्थीहरुलाई स्वागत तथा कलेजबाट उत्तिर्ण भई सरकारी सहित विभिन्न सेवामा कार्यरत रहेका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कलेजका संस्थापक एवं प्रमुख अतिथि पुर्व प्रशासक डा. नारायण झा लगायतका अतिथिहरुले कलेजमा नयाँ भर्ना भएका पीसीएल नर्सिंग, पीसीएल ल्याब, सभ ओभरसियर, सिभिल सभ ओभरसियर, बीबीए र एमबीएतर्फका विद्यार्थीहरुलाई टोक्न अफ लभ प्रदान गरी स्वागत गरेका छन ।
यसका साथै कलेजबाट उत्तिर्ण गैर सरकारी तथा गैर सरकारी लगायतका संस्थाहरुमा प्राविधिक सेवा पुरयाउंदै आएका विद्यार्थीहरुलाई समेत खादा ओढाई सम्मानपत्र सहित सम्मान गरिएको कुरा कलेजका संस्थापक विजय झाले जानकारी दिएका छन ।
सो कलेजमा चालु शैक्षिक सत्रमा ४ सय ५४ सहित ८ सय ६४ विद्यार्थी प्राविधिकका विभिन्न संकायमा अध्ययनरत रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !