लोक समाचारदाता
जनकपुरधाम, फागुन १ गते ।
जनकपुरधाम स्थित अक्षर विद्या मन्दिरले आफ्नो छठौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
स्थापनाको अवसरमा सो विद्यालयले बिहीवार अन्तिम दिन बेटी पढाउ, बेटी बचाउ अभियान मार्फत एक नाटक प्रस्तुत गरी ४ दिने कार्यक्रमको समापन गरेका छन । सो नाटकमा बेटी अभिशाप होइन ईश्वरको वरदान हुन भन्ने सन्देश दिन खोजिएको थियो ।
कार्यक्रम समापनको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जितेन्द्र सोनलले अभिभावकले आफ्नो छोरा छोरीलाई डाक्टर इन्जिनीयर बनाउनु भन्दा बेस एक सभ्य र जिम्मेवार नागरिक बनाउन जरुरी रहेको बताए ।
उनले भने विकासको क्रममा हामी निकै पछाडि धकेलिएका छौं, त्यसैले आफ्नो सांस्कृति र पहिचानको कदर गर्दै विकासतिर अघि बढनु राम्रो हुन्छ । छोरा छोरी दुवै समान हुन भन्ने मानसिकता समेत हाम्रो समाजमा स्थापित गर्न आवश्यक रहेको कुरामा समेत उनले जोड दिए ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र प्रहरी उपरिक्षक रमेश बस्नेत लगयातका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा यसअघि अक्षरले दि जंगल ब्याय, दोश्रो दिन सेभ द अर्थ र तेश्रो दिन विषेश बच्चाहरु र अभिभावकहरुले आफ्ना बच्चाहरुसंग गर्ने व्यवहारको बारे प्रस्तुति गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !