लोक समाचारदाता
काठमाडौ, माघ २७ गते ।
काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमबार साँझ आगलागी भएको छ ।
प्रहरीका अनुसार विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको एक कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको हो ।
कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मचेपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित स्थानमा सारेको थियो । विमानस्थल प्रमुख देवेन्द्र केसीले प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रमा लिइसकिएको जानकारी दिएका ।
यो समाचार लेख्दासम्म आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !