नवीन सिंह
जनकपुरधाम, माघ १२ गते ।
जनकपुरधाम स्थित कामाख्या परिवार नेपालले ६७ औ कुष्ठ रोग दिवसको अवसरमा कुष्ठरोगीहरुको सहयोगका लागि चिया विक्री गरेको छ ।
आइतवार जनकपुरधामको जानकी चोकमा एक कार्यक्रम आयोजना गरी कुष्ठरोगीहरुको आर्थिक सहयोगका लागि चिया विक्री गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको हातबाट संकलित रकम एक कुष्ठरोगी महिलालाई प्रदान गरिएको जनाइएको छ ।
सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, नागरिक समाज अगुवा अमरचन्द्र अनिल, ज्योति राणा, कामाख्या परिवार नेपाल अध्यक्ष बिभास लाभ, सचिब ललिता लाभ, लालगढ़ कुष्टरोग अस्पतालमा कार्यरत रमेश चौधरी, रेडक्रस धनुषा अध्यक्ष नरेश सिंह लगायत बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !