लोक समाचारदाता
कलैया, माघ ७ गते ।
बारा जिल्लाको पचरौता नगरपालिका १ निवासी ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या आरोपमा उनकै श्रीमान रामयाद महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार नै महतोले आफ्नो श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा बरामद गरेको थियो ।
घटना पश्चात फरार रहेका निज रामयादलाई जिल्ला प्रहरी कार्यलाय बाराबाट खटिएको प्रहरीले लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । महतो विरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलाय बाराले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !