लोक समाचारदाता
जनकपुरधाम, पुस १५ गते ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले गणनामा जनतालाई दिगभ्रमित होइन विश्वासिलो सही तथ्यांक ल्याउन आग्रह गरेका छन् ।
आगामी २०७८ हुने कृषि गणनामा सम्भावित समेटिने कुराहरुमा छलफलको उद्देश्यले केन्द्रिय तथ्यांक विभागद्वारा आयोजित प्रदेशस्तरीय कार्यक्रममा मन्त्री साहले भने विगतका वर्षमा कृषिको केन्द्र विन्दुको रहेका तराई मधेशका जिल्लाहरुको बारेमा गलत तथ्यांक प्रस्तुत गरी जनतालाई दिगभ्रमित पार्ने कार्य केन्द्रिय तथ्यांक विभागद्वारा गरिएको थियो ।
उनले भने हालको प्रदेश २ का जिल्लाहरुमा कृषिको सिचाईको समुचित व्यवस्था भनिएको तर वास्तवमा यहाँ आकाशेपानीको भरमा सिचाई हुंदै आएको छ । यस्तो भ्रामक तथ्यांक आगामी कृषि गणनामा नहोस आग्रह गरे ।
साथै उनले हामी निती आयोग मार्फत प्रदेशमा पनि कृषि, पशुपंक्षी लगायतका गणना गरिरहेको छौं र केन्द्रिय तथ्यांक विभागले गर्ने गणना कार्यक्रममा सहयोग पुरयाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा निती आयोग प्रदेश २ का उपाध्यक्ष डा. भोगेन्द्र झाले पनि केन्द्रिय तथ्यांक विभाग जनगणनादेखि कृषिसम्मको गणना अनुमानकै गर्दै आएकोप्रति आपति जनाउंदै भने आगामी कृषि गणनामा प्रदेश २ को सही तथ्यांक आउनु परयो र त्यसमा हामीले सहयोग गर्न तयार छौ ।
हरेक १० वर्षमा कृषि गणना हुंदै आएको छ, सोही क्रममा २०७८ सालमा हुने राष्ट्रिय कृषि गणनाको तयारी स्वरुप विभिन्न प्रदेशमा सरोकारवाला सँग छलफल तथ्यांक विभागले थालेको छ ।
कृषि गणनामा स्थायी, अस्थायी बाली लागेको जग्गाको क्षेत्रफल र उत्पादन, कित्ता संख्या, जग्गाको उपभोग एवं उपयोग, सिचाईको अवस्था, मलखाद तथा बिउविजनको प्रयोग, पशुपंक्षीको संख्या आदिलाई सरंचनागत तथ्यांकको रुपमा समेटिनेछ ।
तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्यांक उपलब्ध गराउने उद्दश्यले आगामी कृषि गणना गरिने तयारी भइरहेको तथ्यांक विभागले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !