लोक समाचारदाता
जनकपुरधाम, मंसिर ३० गते । धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएको दुई दिन नबित्दै धनुषामा शंकास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । सोमवार बिहान मात्रै जनकपुर सहित जिल्लाको विभिन्न स्थानमा गरी तीन ठाउँमा आइतवार सांझ जनकपुरको बागवानी नजिक शंकास्पद वस्तु फेला परेको हो । धनुषाधाम नगरपालिका वडा नं. ५ स्थित श्री उच्च माध्यमिक विद्यालयको लेखा शाखा, जनकपुरधामको मिल्स एरिया र सरस्वती नमूना मावि नजिक शंकास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाधाम स्थित विद्याललको लेखा शाखाको झ्यालमा, जनकपुरधामको मिल्स एरियामा बिना नम्बर प्लेटको बेवारिसे अवस्थामा रहेको मोटरसाइकलमा र सरस्वती नमूना मावि नजिक शंकास्पद फेला परेको हो ।
बमको हल्ला चलेपछि विद्यालय क्षेत्र र मिल्स एरियामा सुरक्षार्थ व्यापक रुपमा प्रहरी परिचालन गरी सर्वसाधारणको प्रवेशमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनु भएको छ । बमको हल्ला चलेपछि दुवै क्षेत्रका जनता त्रसित भएका छन् । यसअघि हिजो राति जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिर देखि पश्चिम बागवानी जाने बाटोमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर नेपाली सेनाको डिस्पोजल टोलीले अनुसन्धान गर्दा त्यो बम नरहेको पुष्टि गरिसकेको छ भने अन्य ठाउँमा डिस्पोजल टोली खटेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले विभिन्न स्थानहरुमा संस्कास्पद वस्तु पाइएको हो तर त्यो बम हो होइन भन्ने बारे नेपाली सेनाले डिस्पोजल टोलीले यकिन गरेपछि मात्रै भन्न सकिने बताउनु भयो ।
यता धनुषाका प्रमुख जिल्ला अधिकारीका अनुसार शंकास्पद वस्तु फेला पर्नु नेकपा विप्लवको पूर्व निर्धारीत योजना अनुरुप भई रहेको बताएका छन् । जनकपुरधामको रंगभूमि मैदान बाह्रविघामा पुस ३ गते एनसेलको आयोजनामा एनसेल मेला हुँदैछ् ।
शुक्रवार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा बम विष्फोट हुदा प्रहरी निरिक्षक सहित तिन जनाको मृत्यु भएको थियो । त्यसपछि जिल्लाका विभिन्न ठाउमाहरुमा संस्कापद वस्तुहरु भेटने क्रम बढेपछि अवस्था तनावग्रस्त बनेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !