Friday, March 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए


एसइई नतिजामा पनिकाको असावधानी

केही दिनअघि सार्वजनिक भएको ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका)को असावधानी देखिएको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललार्ई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई दिन फरक–फरक नतिजा आएको ठहर गरेको छ ।

पनिकाले उत्तरपुस्तिका परीक्षण गरी अंक दिने र विद्यार्थीले पाएको अंकलाई ग्रेडमा रूपान्तरण गरी नतिजा सार्वजनिक गरेको थियो । पनिकाले विद्यार्थीले पाएको अंक ग्रेडमा रूपान्तरण गर्दा गल्ती गरेका कारण हजारौँ विद्यार्थीको नतिजामा त्रुटि भएको थियो ।

पनिकाले ९०, ७० र ५० अंक पाएका विद्यार्थीलाई पाउनुपर्नेभन्दा तल्लो ग्रेड दिएको थियो । ९० अंक ल्याउने विद्यार्थीले ‘ए प्लस’ पाउनुपर्नेमा ए ग्रेड दिइएको थियो ।

अर्को दिन त्यसलाई सच्याइएको थियो । छानबिन समितिका एक सदस्यले भने, ‘विद्यार्थीले सुरुमा पाएको अंक घटबढ भएको छैन, ग्रेडमा रूपान्तरण गर्दा सावधानी नअपनाएको पाइयो ।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले ९०, ७० र ५० अंक ल्याएका विद्यार्थीकोमा धेरै त्रुटि भएको र अरू अंकमा केही त्रुटि भएको जानकारी प्राप्त भएको बताए । बोर्डले अधिकार प्रत्यायोजन गरी पनिकाले एसइई परीक्षा सञ्चालन र नतिजा सार्वजनिक भएको थियो ।

सिस्टममा समस्या

पनिकाको सिस्टममा समस्या भएका कारण ९ असारमा सार्वजनिक नतिजा र अर्को दिन सच्याइएकोमा हजारौँ विद्यार्थीको नतिजा फरक परेको थियो । वेबसाइटमा ‘सिस्टम कम्पाटिविलिटी’ नमिलेकाले रिजल्टमा फरक परेको थियो ।

पनिकाले जेनेरेट गरेको सिस्टममा इरर हुँदा नतिजामा फरक परेको थियो । पनिकाको आफ्नै वेबसाइट र अरूलाई आधिकारिक रूपमा नतिजा सार्वजनिक गर्न दिएको वेबसाइट, एसएमएसमा समेत समस्या थियो । एनटिसीमा अपलोड नहुँदै मिलाएर दिएका कारण त्रुटि नभएको पनिकाका अधिकारीको भनाइ छ ।

परीक्षा नियन्त्रक मन्त्रालयमा तानिए

एसइई नतिजामा त्रुटि भएको ठहरपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालयमा तानिएका छन् । छानबिन समितिले असावधानी र प्राविधिक त्रुटि भएको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाएपछि रेग्मी मन्त्रालयमा तानिएका हुन् ।

रेग्मी तानिएपछि मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारीसमेत दिएको छ ।

त्रुटि सच्याउनेको भिड

पनिकामा एसइईको नतिजा सार्वजनिक भएपछि त्रुटि सच्याउने र पुनर्योगका लागि दैनिक ठूलो भिड लाग्ने गरेको उपनियन्त्रक दिल्ली लुइँटेलले बताए ।

धेरै विषय परिवर्तनका केस आएको उनले बताए । यस वर्ष साधारण धारतर्फ नियमित चार लाख ५१ हजार ५३२ र एक्ज्याम्टेटतर्फ २५ हजार १३२ सहभागी थिए । त्यसैगरी, प्राविधिक धारतर्फ नियमितमा आठ हजार ९०६ र एक्ज्याम्टेडतर्फ १० जना सहभागी थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी
Blast News

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता
Blast News

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

जसपा नेपालका अशोक यादव रास्वपामा
Blast News

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता
Blast News

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता
Blast News

घरदैलाेमा व्यस्त झा : जनताको समस्या पुरा गर्ने प्रतिबद्धता

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश
Blast News

रामुपाका उम्मेदवारसहित दर्जनौ कांग्रेसमा प्रवेश

ताजा खबर

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

धनुषा ३ मा भारी मतान्तरले रास्वपाका झा विजयी

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

परिवर्तनकाे पक्षमा धनुषा ३ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

संघीयता जाेगाउनेकाे पक्षमा धनुषा ४ का मतदाता

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

रास्वपा प्रति मतदाताको समर्थन बढदैछ : झा

जसपा नेपालका अशोक यादव रास्वपामा

जसपा नेपालका अशोक यादव रास्वपामा

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

अधुरा र विकासका नयाँ काम गर्ने महतोको प्रतिबद्धता

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव