Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संकटमा मौलिक हक


०७५ भदौ मसान्तभित्र कानुन बनाई लागू गर्न नसकिए संविधानको मौलिक हकसम्बन्धी व्यवस्था स्वतः खारेज हुनेछ । त्यसको परिणाम नेपालको संविधान ०७२ को औचित्यमाथि प्रश्न उठ्नेछ ।

 

नेपालको संविधान–०७२ ले भाग ३, धारा १६ देखि धारा ४६ सम्म मौलिक हकको व्यवस्था गरेको छ । त्यसअन्तर्गत बाँच्न पाउने हकदेखि स्वतन्त्रता, समानता, सञ्चार, न्याय, अपराधविरुद्धको हक तथा सम्पत्ति, धर्म, सूचना, स्वच्छ वातावरणका हकसँगै शोषणविरुद्धको हक व्यवस्था गरिएको छ ।

शिक्षा, भाषा र संस्कृति, रोजगारी, श्रम, स्वास्थ्य, खाद्य, आवास, महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र उपभोक्ताका हकलाई संविधानले नेपाली नागरिकको मौलिक हक भनेको छ ।

 

वास्तवमा अहिलेको संविधानको एक मूल अन्तर्वस्तु भाग–३ को मौलिक हक नै हो, जसको व्यावहारिक प्रत्याभूतिको अभावमा जनताको जीवनमा परिवर्तनको सञ्चार अवरुद्ध छ । कारण संविधानको धारा ४७ मा लेखिएको छ– ‘यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नेछ ।’ परन्तु सत्तासीन राजनीतिक दल, सांसद र सरकार संविधान प्रदत्त मौलिक हकसम्बन्धी कानुन बनाउने प्रक्रियामा मौन छन् ।

 

यदि ०७५ भदौ मसान्तभित्र कानुन बनाई लागू गर्न नसकिए संविधानको मौलिक हकसम्बन्धी व्यवस्था स्वतः खारेज हुनेछ । त्यसको परिणाम नेपालको संविधान ०७२ को औचित्यमाथि प्रश्न उठ्नेछ । यस्तो स्थिति आइलागेमा संघीय लोकतान्त्रिक गणतन्त्र एवं समग्र राज्यव्यवस्थामाथि संकट उत्पन्न हुन सक्छ । त्यसको जिम्मेवार मुख्यतः सत्तापक्ष र वर्तमान प्रतिनिधिसभा सदस्य नै हुनेछन् ।

 

निर्वाचित सांसदहरूले संविधानअनुरूप मौलिक हकसम्बन्धी कानुन समयमै निर्माण गरी लागू गर्न निर्णायक संघर्ष गर्नुपर्छ

दल र नेताहरूको मौनता
हाम्रा दुई छिमेकी भारत र चीनमा धुमधामसाथ राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिन्छ । तर, नेपालमा राष्ट्रिय स्वतन्त्रता दिवसबारे किञ्चित सरोकार हुँदैन । यसको अर्थ भारत र चीन इतिहासमा कसैको पराधीन मुलुक थिए भने नेपाल कानुनी रूपमै सही, प्राचीनकालदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक रहँदै आएको छ । परन्तु वर्ण व्यवस्थामा आधारित यहाँको सामन्ती राज्यसत्ताले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण हुन दिएन, आन्तरिक राष्ट्रिय समुदायको जनवाद कुण्ठित ग¥यो तथा अंग्रेज–भारतसँग सन्धि–सम्झौता गरेर व्यावहारिक रूपमा नेपाली जनतालाई पराधीन तुल्याउने अपराध ग-यो ।

 

१०४ वर्ष लामो जहानियाँ राणाशासनविरुद्ध तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले सशस्त्र आन्दोलन गरे । दशवर्षे जनयुद्धको तागतमा माओवादी पार्टीले २ सय ४० वर्षको राजतन्त्र अन्त्य ग¥यो । सामान्यतः राष्ट्रियता, जनवाद र जनजीविका तथा विशेषतः नेपाली समाजको वर्गीय, जातीय, क्षेत्रीय तथा लैंगिक अन्तरविरोध हल गर्न र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न माओवादी पार्टीले जनयुद्ध लडेको हो ।

 

मूल नेतृत्वमा हाबी आत्मसुरक्षावाद तथा सर्वहारा क्रान्तिप्रति निष्ठाको कमीका कारण नयाँ जनवादी क्रान्ति लोकतान्त्रिक गणतन्त्र हुँदै अहिले दलाल पुँजीवादमा पतन भएको छ ।  त्यसैको परिणाम मौलिक हकसम्बन्धी कानुन बनाउने प्रक्रियामा सत्तासीन दल र नेताहरू मौन
रहेको हुनुपर्छ ।

संविधानसभाको एजेन्डा
पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै संविधानसभाद्वारा संविधान निर्माण गर्ने नीति लियो । सुरुमा सकारात्मक देखिएको कांग्रेसले संविधानसभाको माग त्यागेर ०१४ मा संसद्को निर्वाचन स्वीकार ग-यो । त्यही संविधानसभाको मागलाई माओवादी पार्टीले ०५७ देखि जोडदार रूपमा उठायो । ज्ञानेन्द्र शाहको दमन थेग्न नसकेपछि कांग्रेसलगायत दल अन्ततः संविधानसभामा सहमत भए र संधिवानसभाको निर्वाचन गरियो ।

 

प्रथम संविधानसभाको प्रारम्भिक चरणमा ‘समग्र योजना बनाएर मात्र सरकारमा जानुपर्छ । अन्यथा सरकारले पार्टी र क्रान्ति खाइदिन्छ’ भनेर हामीले केन्द्रीय समितिमा संघष ग¥यौँ । तर, विनायोजना प्रधानमन्त्री बन्न प्रचण्ड नराम्रो गरी लोभिए । त्यहीँबाट अधिकतम प्रगतिशील संविधान निर्माणमा बाधा उत्पन्न भयो । पार्टी विभाजन एक कारण थियो, जसले गर्दा पनि दोस्रो संविधानसभामा माओवादीको उपस्थिति कमजोर बन्यो । परन्तु सडक र सदन आन्दोलन गर्दै पुँजीवादी गणतन्त्रको संविधान जारी गरियो ।

संविधानसभाका निम्ति लडाइँ
संविधानको विषयवस्तुका निमित्त लडाइँ गर्दै जारी भएको नेपालको संविधान ०७२ लाई माओवादी केन्द्र उपलब्धि र कमजोरीसहितको संविधान ठान्छ । सामन्ती राजतन्त्रको सट्टा गणतन्त्र, एकात्मक शासनको सट्टा संघीयताको सिद्धान्त, एकल जातीय अधिनायकतन्त्रको सट्टा समानुपातिक समावेशी लोकतन्त्र, धर्मसापेक्षताको सट्टा धर्मनिरपेक्ष राज्य, स्वतन्त्र परराष्ट्र नीति र मौलिक अधिकार संविधानका प्रगतिशील उपलब्धि हुन् । उपलब्धि संस्थागत गर्दै कमजोरी सच्याउने वर्गसंघर्षको निरन्तरता माओवादी केन्द्रको घोषित नीति हो ।

अहं प्रश्न यो छ कि विप्लव नेकपाले यो संविधान स्वीकार गरेको छैन । संविधान खारेजीको माग गर्दै वैज्ञानिक समाजवादका लागि भनेर विप्लव नेकपाले राज्यविरुद्ध आन्दोलन जारी राखेको छ । मधेसकेन्द्रित दलहरूले पनि संविधान स्वीकार गरेका छैनन् । तर, ती दल संसद्वादी भएकाले संसद् र सरकारमा सहभागी छन् । आदिवासी जनजाति र खसानका जनता स्वायत्तता र पहिचान सुनिश्चित नगरिएको संविधानप्रति आक्रोशित छन् ।

 

थारू जनताले त रक्तपात नै व्यवहोरेका छन् । विशेष अधिकारको अभावमा दलित समुदाय आक्रोशित छन् । खड्ग ओली र प्रचण्ड सरकारको भारतप्रति आत्मसमर्पणका कारण देशभक्तहरू विकल्पको खोजीमा छन् ।

 

प्रस्तुत पृष्ठभूमिमा ०७५ भदौभित्र मौलिक अधिकारसम्बन्धी कानुन बनाएर मुख्यतः शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य सम्प्रभुता प्रत्याभूत नगर्ने हो भने नेपालको संविधान ०७२ को अवस्था के हुन्छ ? मौलिक हक प्रत्याभूत नगरिएको स्थितिमा संविधानको प्रगतिशील औचित्य स्वतः समाप्त हुन्छ । तब देशभक्त र आमउत्पीडित जनसमुदायका साथ माओवादी केन्द्र मौलिक हकविहीन संविधान प्रतिक्रियावादी संविधान हो, भन्ने निष्कर्षमा पुग्नेछ ।

 

तसर्थ, पहिलो विकल्प, संविधानबमोजिम निर्वाचित सांसदहरूले संविधानको भाग ३, धारा १६ देखि ४६ सम्मका मौलिक हकसम्बन्धी कानुन समयमै निर्माण गरी लागू गर्न निर्णायक संघर्ष लड्नुपर्छ । राजनीतिक दलका नेताहरू कुम्भकर्णझैँ निदाइरहन्छन् भने पुँजीवादी गाणतन्त्रलाई समाजवादी गणतन्त्रमा बदल्न जनआन्दोलन उठाउनुपर्छ ।

 

जसरी फेब्रुअरी पुँजीवादी क्रान्तिले मजदुर–किसान र उत्पीडित जातिको अधिकार प्रत्याभूत नगरेको हुँदा लेनिनको अक्टोबर क्रान्ति भयो, ठीक त्यसरी नै स्वाधीन राष्ट्रिय अर्थतन्त्रसहित नागरिकको मौलिक हक र पहिचान सुनिश्चितताका निम्ति समाजवादी क्रान्तिको आयोजना दोस्रो, क्रान्तिकारी विकल्प हुनेछ ।

 

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव