Tuesday, January 13, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मौद्रिक नीतिका प्राथमिकता र अपेक्षा


नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । नेपाल सरकारले आगामी आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य प्राप्तिमा सघाउन राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउने अनुमान गर्न सकिन्छ । अहिले बजारमा लगानीयोग्य तरलता अभाव भइरहेको छ जसका कारण ब्याजदर उच्च हुन पुगेको छ । त्यसो त पुँजी बजारमा पनि समस्या देखिएको छ । यस्तो अवस्थामा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्राथमिकता कस्तो हुनुपर्छ ? बैंकर र निजी क्षेत्रले के अपेक्षा गरेका छन् ? पूर्वबैंकर तथा नेपाल उद्योग परिसंघको बैंकिङ समितिका सभापति अनलराज भट्टराईले यसरी व्याख्या गरे :

विस्तारकारी मौद्रिक नीति

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यो चुनौतीपूर्ण छ । खासगरी उच्च ब्याजदर, महँगो ढुवानी तथा वितरणमा समस्याले उत्पादन लागत बढी छ । मौसममा निर्भर हुने कृषि उत्पादनले सधैँ जोखिम दिइरहेको छ । अर्कोतर्फ व्यावसायिक वातावरण पनि अझै राम्रो हुन सकेको छैन । अस्थिर पुँजीबजारले अझ नराम्रो सन्देश दिइरहेको छ । उद्योगीले समयमै र सहजै कर्जा पाउन सकेका छैनन् । संघीय संरचनामा केन्द्र सरकार, प्रदेश र स्थानीय तहले कतिपय करका दरहरू बढाएका छन् । यसले उत्पादन लागत अझ बढाउने देखिएको छ । यसै पनि हाम्रो उत्पादन क्षमता र निर्यात क्षमता कमजोर छ । अहिले बढेका कर तथा पाउँदै आएको छुट खारेजीले अझ लागत बढाउने देखिन्छ । संघ तथा प्रदेशको स्रोत परिचालनको योजना राजस्व संकलन र बाँडफाँडसँग जोडिएको छ । सरकारले स्रोत परिचालनका लागि राजस्व संकलनमा जोड दिने देखिएको छ । यसर्थ, सरकारले राजस्वमार्फत बजारबाट ठूलो रकम उठाउने देखिन्छ जसको प्रभाव तरलतामा देखिन सक्छ । सरकारले ठूलो रकम उठाउँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह उपलब्ध गराउने क्षमतामा ह्रास आउन सक्छ । यसरी अर्थतन्त्र चलायमान हुन सकेन भने, सरकारले काम गर्न सकेन भने र निजी क्षेत्रतर्फको कर्जा मागअनुसार प्रवाह हुन सकेन भने लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल गर्न गाह्रो हुन्छ । त्यसैले राष्ट्र बैंकले बजारमा पैसा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्छ ।

मूल्य वृद्धिकाे चुनाैती
सरकारले मूल्य वृद्धि ६.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ । अहिलेको अवस्थामा खाद्यान्नको मूल्य वृद्धि २५ प्रतिशत र निर्माण सामग्रीको मूल्य वृद्धि २० प्रतिशतभन्दा बढी छ । ऊर्जा (खासगरी पेट्रोलियम पदार्थ)को मूल्य वृद्धिले अर्थतन्त्रलाई नै नाकारात्मक प्रभाव पारेको छ । त्यसैले ६.५ प्रतिशतमा मूल्य वृद्धि कायम गर्न गाह्रो हुने देखिन्छ । यद्यपि, मूल्य वृद्धिमा केही चाप बढे पनि राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याउनुको विकल्प छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र डलरको भाउ बढेको छ । आयातमा आधारित हाम्रोजस्तो बजारमा इन्धन र डलरको मूल्य वृद्धिले मुद्रास्फीतिमा ठूलो चाप पार्न सक्छ । तर, राष्ट्र बैंकले यस्तो अवस्थामा मूल्य वृद्धि रोक्न सक्दैन । मूल्य वृद्धिमा चाप पर्छ भनेर बजारलाई बन्धक बनाउनु पनि हँुदैन । त्यसैले मूल्य वृद्धिलाई सीमामा राख्ने केही मौद्रिक उपकरण ल्याए पनि उच्च आर्थिक वृद्धि हासिल गर्न बजारमा पैसाको फ्लो बढाउनुपर्छ । मौद्रिक नीतिको दिशा यसतर्फ केन्द्रित हुनुपर्छ ।

न्यून ब्याजदर
असन्तुलित ब्याजदरले समग्र अर्थतन्त्र प्राभावित भइरहेको छ । कर्जाको बढ्दो ब्याजदरले व्यवसाय वृद्धि र विस्तारमा अवरोध गरिरहेको छ । कतिपय व्यसवाय बन्द गर्नुपर्ने अवस्थासमेत आइसकेको छ । मुद्रास्फीति र ब्याजदरबीचको ग्याप अस्वाभाविक छ । अहिले पनि निक्षेपकै ब्याजदर ११ प्रतिशतभन्दा बढी छ यसले गर्दा कर्जाको ब्याजदर १४–१५ प्रतिशतभन्दा बढी बनाउँछ । मुद्रास्फीति र ब्याजदरको ग्याप करिब १ प्रतिशत मात्रै हुनुपर्छ । अहिलेको अवस्थामा ४–५ प्रतिशत मुद्रास्फीति रहेकाले निक्षेपमा ब्याज ५–६ प्रतिशत हुनुपर्छ । यसो गर्दा कर्जाको ब्याजदर ९–१० प्रतिशत हुन्छ । सकेसम्म ब्याजदर एक अंकमै भएको राम्रो । आगामी मौद्रिक नीतिले ब्याजदरको समस्या समाधानको दीर्घकालीन उपाय खोज्न सक्नुपर्छ ।

भविष्य अनुमान गर्न सकिने प्रवृत्ति
नेपालमा तरलता, ब्याजदरलगायतमा अस्वाभाविक उतारचढाव हुने गरेको छ । उदाहरणका लागि सन् २००७ मा परियोजना सुरु गर्दा ६–७ प्रतिशत रहेको ब्याजदर २०१५ मा आइपुग्दा १३–१४ प्रतिशत पुग्यो भने लगानीकर्ताले योजनाअनुसार नाफा आर्जन गर्न सक्दैन । एउटै परियोजनामा लिएको कर्जाको ब्याजदर कहिले ७ प्रतिशत त कहिले ९ अनि कहिले १२–१५ प्रतिशत पुग्छ । लगानीकर्ताले कसरी योजना बनाउने ? कसरी नाफा आर्जन गर्ने ? त्यसैले भविष्य अनुमान गर्न सकिने प्रवृत्तिको विकास गराउनुपर्छ । खासगरी ‘मार्जिनल कस्ट अफ फन्ड’को आधारमा ब्याजदर तय गर्ने हो भने यस्तो समस्या समाधान हुन्छ । बेसरेटको आधारमा ब्याजदर कायम हुँदा अस्थिर भएको हो । यसतर्फ आगामी आवको मौद्रिक नीतिले ध्यान दिनुपर्छ ।

स्थिर वित्तीय/मौद्रिक नीति
अहिले स्थिर सरकार आएको छ । अब सरकारको वित्तीय र राष्ट्र बैंकको मौद्रिक नीति स्थिर हुनुपर्छ । मौद्रिक र वित्त नीतिले ५–१० वर्षको अवधारणा बनाउनुपर्छ, रणनीति लिनुपर्छ । केही समयअघि तरलताको चरम अभाव भयो, राष्ट्र बैंकले सिसिडी रेसियोमा खुकुलो ग¥यो । तर, तरलताको समाधान नभइसक्दै फेरि सिसिडी रेसियोमा कडाइ गरियो । आवास तथा अटोमोबाइलको कर्जामा पनि वेलावेलामा कडाइ गरिन्छ । यस्ता अस्थिर नीतिले वित्तीय प्रणाली मात्रै होइन, अर्थतन्त्र नै प्रभािवत भइरहेको हुन्छ ।

वर्तमान समस्या समाधान
वर्तमान समस्या भनेको मुख्यतः तरलता, त्यसबाट उब्जिएको अस्थिर ब्याजदर र उद्योग व्यवसायको लगात उच्च हुनु नै हो । मौद्रिक नीतिले यसतर्फ आफ्नो विशेष ध्यान दिन आवश्यक छ । तेस्रो मुलुकमा उत्पादन भएका वस्तु भारतबाट आयात गर्न नपाउने व्यवस्था छ, यसले गर्दा हामीले सस्तोमा र समयमै सामान आयात गर्न सकेका छैनौँ, जसबाट हाम्रो व्यापारको लागत उच्च भएको छ । तरलताको कुरा गर्दा हामीले ८० प्रतिशतको सिसिडी रेसियो आवश्यक छ कि छैन भनेर मूल्यांकन गर्नुपर्ने वेला आएको छ । त्यस्तै, बैंकहरूको संख्या पनि ठीक छैन कि छैन भनेर मूल्यांकन गर्नुपर्ने वेला आएको छ । नेपाल राष्ट्र बैंकले बैंकको संख्या धेरै भयो कि भएन भनेर मूल्यांकन गर्नैपर्छ ।

पुँजी वृद्धि र पुँजी बजारलाई सहयोग
पुँजी बजार समस्याबाट गुज्रिरहेको छ । लगानीकर्ताले ठूलो रकम गुमाइरहेका छन् । यसमा नियामक निकायको सेन्टिमेन्ट नकारात्मक देखिन्छ । लाभकरको कुराले नियामकलाई अझ बढी नकारात्मक देखाइसकेको छ । मौद्रिक नीतिले पुँजी बजारलाई सम्बोधन गर्न आवश्यक छ । अहिले एफपिओमा समेत आकर्षण घटेको छ । पुँजी बजारमा लगानीकर्ताहरू अतालिएका छन्, ढुक्क हुन सकेका छैनन् । सरकारले पुँजी बजार र पुँजी बजारमा जाने कर्जालाई निरुत्साही गरेको देखिन्छ । खासगरी मौद्रिक नीतिकै कारण बजार बढेको थियो, लगानीकर्ता ओइरिए, अब अहिले नोक्सान बेहोरेर बाहिर जा भन्नलाई मिल्छ ? नीतिले बढाएको कुरा नीतिले नै व्यवस्थापन गर्नुपर्छ । त्यसैले मौद्रिक नीतिले पुँजी बजारलाई सम्बोधन गर्नैपर्छ ।

उत्तर दिन सक्ने मैद्रिक नीति
प्रतिव्यक्ति आयमा सुधार आएको छ, माग तथा खपत बढिरहेको छ । तर, उच्च लागतका कारण स्वदेशी उद्योगीले मागअनुसार पूर्ति गर्न सकेका छैनन् । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । जसका कारण आयात र व्यापार घाटा बढिरहेको छ । मौद्रिक नीतिले व्यापार घाटा ठीक कि बेठीक भन्ने उत्तर दिन सक्नुपर्छ । अहिलेको आर्थिक अवस्थाअनुसार हामीले व्यापार घाटा हटाउन तथा घटाउन सक्दैनौँ । अहिलेकै अवस्थामा व्यापार घाटाको समस्या गहिरिँदै जाने देखिन्छ । कसरी घाटा न्यूनीकरण गर्ने ? आयातलाई कसरी निरुत्साहित गर्ने र उत्पादन कसरी बढाउने भन्नेमा फोकस गर्नैपर्छ । यदि व्यापार घाटा घटाउन सकिँदैन भने व्यापार लागत घटाउने र आयातको लागि आवश्यक स्रोत खोज्ने काम गर्नुपर्छ । अर्थात्, प्रत्यक्ष विदेशी लगानी भिœयाउनुपर्छ । विदेशी ऋण लिएर उत्पादन बढाउनुपर्छ । यसका लागि सहजीकरण गर्नुपर्छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

चीन विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन
भिडियो

चीन विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

२४ घण्टा देशैभरि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
Blast News

२४ घण्टा देशैभरि भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

घरबाट गरगहना चोरी तथा बेचबिखन आरोपमा दुई पक्राउ
Blast News

घरबाट गरगहना चोरी तथा बेचबिखन आरोपमा दुई पक्राउ

नयाँ नक्सासहितको पुस्तक वितरणमा प्रम ओलीले लगायो रोक
Blast News

नयाँ नक्सासहितको पुस्तक वितरणमा प्रम ओलीले लगायो रोक

अमेरिकामा विच्याट र टिकटकमाथि लगाइयो प्रतिबन्ध
Blast News

अमेरिकामा विच्याट र टिकटकमाथि लगाइयो प्रतिबन्ध

थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि (विवरण सहित)
Blast News

थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि (विवरण सहित)

ताजा खबर

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

बालिका बलात्कार मुद्दामा: एक थुनामा, एमाले नेता हिरासहित ५ धराैटीमा रिहा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव