Sunday, November 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न


बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेपछि प्रहरीको खोजी तथा अनुसन्धान प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।

विजयादशमीकै दिन गत कार्तिक ४ गते घरबाट निस्किएर बेपत्ता भएका बालकको खोजीमा परिवार र प्रहरी सक्रिय रहेको बताइए पनि दस दिनसम्म उनको अवस्था पत्ता लाग्न सकेन । अन्ततः बेपत्ता भएको स्थानबाट करिब दुई किलोमिटर उत्तरतर्फको धान खेतमा शनिबार उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बालकको शव धान खेतमा क्षतविक्षत अवस्थामा भेटिएको हो ।

स्थानीय अजय झाका छोरा साकेत हराएपछि परिवारजनले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि आसपासका गाउँबस्ती, पोखरी तथा झाडीहरूमा समेत खोजी गरिएको बताइएको छ । तर, दस दिनसम्म बालकको अवस्था पत्ता लाग्न नसक्नु र अन्ततः हराएको स्थानबाट करिब दुई किलोमिटर दूरीमै शव भेटिनुले खोजी कार्यको प्रभावकारितामाथि स्वाभाविक रूपमा प्रश्न खडा गरेको छ ।

बालक हराएको सूचना पाएपछि प्रहरीले कुन–कुन क्षेत्रमा कसरी खोजी गर्‍यो रु सम्भावित घटनास्थलको पहिचान गर्न किन लामो समय लाग्यो रु खोजीका क्रममा धान खेतलगायत आसपासका क्षेत्रमा पर्याप्त अनुसन्धान भएको थियो कि थिएन रु यस्ता प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्नुपर्ने देखिएको छ ।

सात वर्षीय बालक दस दिनसम्म बेपत्ता रहँदा उनको अवस्था पत्ता लगाउन नसकिएको घटनाले खोजी तथा उद्धार प्रक्रियामा प्रहरी गम्भीर नभएको भन्ने आलोचना समाजिक सञ्जालमा व्यापक भइरहेको छ । प्रहरीले अनुसन्धानमा सक्रियता देखाएको भए यस्तो दुःखद घटना हुने थिएन भन्ने आवाज पनि उठ्न थालेको छ ।

हालसम्म बालकको मृत्युको कारण, शव क्षतविक्षत हुनुको अवस्था तथा घटनामा अन्य कसैको संलग्नता रहे–नरहेको विषय स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

घटनाको वास्तविकता पत्ता लगाउन शव परीक्षणको प्रतिवेदन, घटनास्थलको प्राविधिक अनुसन्धान तथा सम्भावित संलग्न व्यक्तिहरूमाथिको अनुसन्धान महत्त्वपूर्ण हुने देखिन्छ ।

दसैँको खुसीयालीकै दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेपछि देवडिहा गाउँ शोकमा डुबेको छ । घटनाले एउटा परिवारको खुसी मात्र खोसेको छैन, बालबालिकाको सुरक्षा र बेपत्ता व्यक्तिको खोजीमा प्रहरीको कार्यक्षमतामाथि समेत गम्भीर बहस सिर्जना गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र
Blast News

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

२०८३ कार्तिक १५, शनिबार २०:२८
जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी
Blast News

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

२०८३ कार्तिक १५, शनिबार २०:२८
नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग
Blast News

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

२०८३ कार्तिक १५, शनिबार २०:२८
सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’
Blast News

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

२०८३ कार्तिक १५, शनिबार २०:२८
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

धनुषामा एक महिनामै १५९ अपराध, १०१ पक्राउ

२०८३ कार्तिक १५, शनिबार २०:२८
मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु
Blast News

मधेशमा नयाँ सरकार गठन बारे प्रतिपक्षी दलबीच छलफल शुरु

२०८३ कार्तिक १५, शनिबार २०:२८

ताजा खबर

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

पाँच वर्षसम्म बेरुजु फर्छ्यौट नगर्नेको बैंक खाता र जायजेथा रोक्का गरिने

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

बेपता भएको १० दिनपछि साकेतको शव भेटियो, प्रहरीको भूमिकामाथि प्रश्न

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

प्रधानमन्त्री बालेनको जनकपुर भ्रमणलाई लक्षित गर्दै उपमहानगरको तयारी तीव्र

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

जनकपुरको असफल शुरवात, १९ रनले कर्णाली विजयी

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

नवरंग होटलको सुविधा सम्पन्न नयाँ नवरंग

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

सीआईसीले पाए एशियन ‘कलेक्टिभ हाउजिङ अवार्ड’

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव